प्लेयर्स टु वाच : मोहम्मद सलाह (इजिप्ट)

लिभरपुलबाट ९ वर्ष खेल्दा उनले टोलीलाई दुई पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिग विजेता बनाउन प्रमुख भूमिका खेले ।

असार १२, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Mohamed Salah (Egypt)

काठमाडौँ — मोहम्मद सलाह राइट विंग्समा बढी खेल्छन्, तर उनको देव्रे खुट्टा बढी चल्छ । सोही कारण उनलाई विश्वको उत्कृष्ट खेलाडी सूचीमा उभ्याएको छ । ३४ वर्षे उनी फरवार्डमा पनि खेल्छन् ।

लिभरपुलबाट ९ वर्ष खेल्दा उनले टोलीलाई दुई पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिग विजेता बनाउन प्रमुख भूमिका खेले । त्यसक्रममा उनले ३ सय १५ खेलमा १ सय ९१ गोल गरे । सिजन सकिएपछि एनफिल्ड छाड्ने घोषणा गरेयता उनी फ्री एजेन्ट रहेका छन् । 

सलाह दोस्रो विश्वकपमा खेलिरहेका छन् । उनले २०१८ को विश्वकपमा आयोजक रुस र साउदी अरेबियाविरुद्ध गोल गरेका थिए । गत सिजन उनले क्लब फुटबलमा आफ्नो परिचयअनुरुप खेल्न सकेका थिएनन्, तर यस विश्वकपमा उनले इजिप्टको कप्तानी गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बेल्जियमविरुद्ध इजिप्टले पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दा सलाहले नै गोलका पास उपलब्ध गराइदिएका थिए भने न्युजिल्यान्डविरुद्ध १ गोल गर्नुका साथै अर्कोमा असिस्ट गरेका थिए । उनले इजिप्टको राष्ट्रिय टोलीबाट १ सय १८ खेल खेल्दै ६८ गोल गरेका छन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully