यसपल्टको विश्वकपमा कुल १ सय ४ खेल हुनेछ, त्यसमध्ये आधा सकिएको छ । त्यो भनेको ५४ खेल सकिएका छन् । अब ५० खेल बाँकी छन् । १९ जुलाईसम्म पुग्दा नयाँ च्याम्पियन पाइसक्ने छ ।
What you should know
मियामी — विश्वकप २०२६ अब ‘हाफटाइम’ मा प्रवेश गरेको छ । सबैले एक क्षण आराम लिए पनि हुन्छ । बिहीबारका खेलपछि प्रतियोगिता आफ्नो मध्यभागमा पुगेको हो । यसपल्टको विश्वकपमा कुल १ सय ४ खेल हुनेछ, त्यसमध्ये आधा सकिएको छ । त्यो भनेको ५४ खेल सकिएका छन् । अब ५० खेल बाँकी छन् । १९ जुलाईसम्म पुग्दा नयाँ च्याम्पियन पाइसक्ने छ ।
आयोजक देश अमेरिका अन्तिम ३२ को चरणमा पुगिसकेको छ । यो धेरैका लागि आश्चर्य होइन । विश्व फुटबलको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगितामा अन्य आयोजक मेक्सिको र क्यानडा पनि नकआउट चरण पुगिसकेका छन् ।
अहिलेसम्म अपेक्षा गरिएअनुसारका स्टार खेलाडीहरू पनि लयमा देखिएका छन्, विशेषतः अर्जेन्टिनाका लियोनल मेसी । उनले ५ गोल गरिसकेका छन् । अर्जेन्टिनाको उद्देश्य लगातार दोस्रो पटक उपाधि जित्नु नै हुनेछ । फ्रान्सका केलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्डले समान ४ गोल गरिसकेका छन् । ४ गोल गर्नेमा त अब ब्राजिलका भिनिसियस जुनियर पनि थपिएका छन् । फिफाको खुसीका लागि रंगशाला पनि भरिभराउ रहेका छन् । यसपालि कीर्तिमानी दर्शक संख्या छुने विश्वास गर्न सकिन्छ ।
पूरा प्रतियोगिताले नै केही असाध्यै सकारात्मक सन्देश पनि दिएको छ । जस्तो, केप भार्डेका गोलरक्षक भोजिन्हाको कथा । उनकी आमा पनि अहिले अमेरिका पुगिसकेकी छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो भन्छन्, ‘यो विश्वकपमा अझ राम्रो हुन त बाँकी नै छ ।’ त्यसको अर्थ के भन्दा यस विश्वकपका आधा बाँकी भाग नाटकीय हुनेछ अनि रोमाञ्चक हुनेछ ।
के भित्र, को बाहिर ?
बिहीबारको खेलपछि अन्तिम ३२ को चरण पुग्ने टिम संख्या १३ पुगेको छ । अहिलेसम्म मेक्सिकोले समूह ‘ए’, स्विट्जरल्यान्डले समूह ‘बी’, ब्राजिलले समूह ‘सी’, अमेरिकाले समूह ‘डी’, जर्मनीले समूह ‘ई’ र अर्जेन्टिनाले समूह ‘जे’ जित्ने निश्चित भइसकेको छ । नकआउट चरण पुगेका अन्य टिममा फ्रान्स, नर्वे, क्यानडा, मोरक्को, कोलम्बिया, बोस्निया एन्ड हर्जगोभिना र दक्षिण अफ्रिका रहेका छन् ।
दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले आफ्नो टिमको ऐतिहासिक उपलब्धिपछि भनेका छन्, ‘मलाई अहिले थाहा भएको छ, नकआउट चरण पुग्दाको खुसी कस्तो हुन्छ भनेर । यो अनुभव शब्दमा बयान गर्न सकिन्न । खासमा आफ्ना खेलाडीलाई लिएर असाध्यै खुसी छु ।’
त्यस्ता केही टिमको सूची पनि तयार भइसकेको छ, जसको चुनौती अब प्रतियोगितामा बाँकी रहेन । ती टिममा चेक गणतन्त्र, हाइटी, टर्की, ट्युनिसिया, जोर्डन, कतार र पानामा छन् । अहिलेसम्म १३ टिम नकआउट चरण पुगेको र ७ टिम प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा २८ टिमको चुनौती कायम छ । यी टिमले अन्तिम ३२ मा बाँकी १९ स्थानका लागि प्रयास गर्नेछ । यी खेलपछि प्रतियोगिता नकआउट चरणमा प्रवेश गर्नेछ । यो भनेको जितेर अगाडि बढ्ने होइन भने घर फर्किने अवसर हुनेछ ।
