जापानले डलासमा हुने खेलमा स्विडेनको सामना गर्दैछ । कानसास सिटीमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र ट्युनेसिया भिड्दै छन् ।
काठमाडौँ — विश्वकप २०२६ को समूह 'एफ'मा शुक्रबार नेदरल्यान्ड्स र जापानबीच पहिलो स्थान हात पार्न होड चल्नेछ ।
जापानले डलासमा हुने खेलमा स्विडेनको सामना गर्दैछ । कानसास सिटीमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र ट्युनेसिया भिड्दै छन् ।
नेदरल्यान्ड्स र जापान दुवै समान चार अंकमा समूहको शीर्ष दुई स्थानमा छन् । स्विडेन भने तीन अंकमा तेस्रो स्थानमा रहेको छ । ट्युनेसिया लगातार दुई हार बेहोरेर अन्तिम स्थानमा छ ।
शून्य अंकमा ट्युनेसियाको अर्को चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ । त्यसैले उसले प्रतिष्ठाका लागि खेल्नेछ । नेदरल्यान्ड्ससामु समूह जित्ने बलियो अवसर छ र यो उपलब्धि हात पार्न सफल रहे उसले अबको खेलमा सजिलो प्रतिद्वन्द्वी पाउनेछ ।