प्लेयर्स टु वाच : भिक्टर गोयकुरेज (स्विडेन)

यसपालि गोयकुरेजले युक्रेनविरुद्धको प्लेअफ सेमिफाइनलमा स्विडेनलाई ३–१ को विजय दिलाउँदा ह्याट्रिक गोल गरे भने पोल्यान्डविरुद्ध छनोट चरणको निर्णायक खेलमा ३–२ को विजय हात पार्दा उनले विजयी गोल गरेका थिए ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

Players to Watch: Viktor Goykurez (Sweden)

काठमाडौँ — स्विडिस फरवार्ड भिक्टर गोयकुरेजले यस विश्वकपमा ट्युनिसियाविरुद्धको खेलमा खाता खोलिसकेका छन् । स्विडेनले ट्युनिसियाविरुद्ध ५–१ को जित हात पार्दा गोयकुरेजले पहिला एलेक्जान्डर इसाकलाई गोलका लागि पास मिलाइदिए भने पछि आफैंले गोल गरे ।

आर्सनललाई प्रिमियर लिग च्याम्पियन बनाउन उनले जुन प्रदर्शन दिएका थिए, त्यसलाई गोयकुरेजले विश्वकपमा स्विडेनका लागि विश्वकप निरन्तरता दिएका छन् । आर्सनललाई २२ वर्षयता पहिलो पटक प्रिमियर लिग च्याम्पियन बनाउनेक्रममा उनले ३६ खेलमा १४ गोल गरेका थिए ।

सन् २०१९ को जनवरीमा उनले स्विडेनको राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । त्यसयता २८ वर्षे उनले स्विडेनबाट ३४ खेलमा २१ गोल गरिसकेका छन् ।

फिजिकल, पेस र स्टामिनाका कारण उनी सशक्त स्ट्राइकरको रूपमा विपक्षी अगाडि देखिन्छन् । ६ फिट २ इन्च उचाइका उनलाई ‘एरियल’ को पनि फाइदा छ । स्विडेन २०२२ को विश्वकपमा छनोट हुन सकेको थिएन ।

तर यसपालि गोयकुरेजले युक्रेनविरुद्धको प्लेअफ सेमिफाइनलमा स्विडेनलाई ३–१ को विजय दिलाउँदा ह्याट्रिक गोल गरे भने पोल्यान्डविरुद्ध छनोट चरणको निर्णायक खेलमा ३–२ को विजय हात पार्दा उनले विजयी गोल गरेका थिए ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully