Live

ब्राजिल भर्सेस हाइटी

ब्राजिल विश्व वरीयताको छैटौँ स्थानमा छ भने हाइटी ८३औँ स्थानमा छ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

Brazil vs. Haiti

11 Updates

(08:19 AM)

हाइटीलाई हराउँदै ब्राजिल समूह 'सी' को शीर्षमा

पहिलो हाफको तीन गोलको मद्दतले ब्राजिलले विश्वकप २०२६ मा शनिबार हाइटीलाई ३–० ले हराउँदै समूह 'सी' को शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको दुई खेलबाट चार अंक भएको छ र अन्तिम ३२ मा प्रवेशको सम्भावना बलियो भएको छ । मोरक्को पनि समान चार अंकमा रहेको छ । ब्राजिलले गोल अन्तरले अगाडि रहेको हो ।

(08:09 AM)

खेलमा ब्राजिलको पूर्ण नियन्त्रण

सुरुवातदेखि नै ब्राजिलले खेल नियन्त्रणमा राख्दै ५७ प्रतिशत बल पोसेसनमा खेलिरहेको छ । रक्षात्मक बन्न बाध्य हाइटीले हालसम्म गोलपोष्टमा एक मात्र प्रहार गर्न सकेको छ । हाइटीका तीन खेलाडीले पहेंलो कार्ड खाइसकेका छन् भने ब्राजिलका लागि एकमात्र पहेंलो कार्ड डिफेन्डर डगलस सान्तोसले पाएका छन् ।

(07:49 AM)

वरीयतामा ठुलो अन्तरका टीमबीचको भीडन्त

ब्राजिलविरूद्ध हाइटीको जारी खेल यस पटकको विश्वकपको समूह चरणमै फिफा वरीयतामा सबैभन्दा ठुलो अन्तर भएका दुई टोलीबीचको खेल हो। ब्राजिल विश्व वरीयताको छैटौँ स्थानमा छ भने हाइटी ८३औँ स्थानमा छ।

A clash between teams with a large gap in rankings

(07:44 AM)

हाइटीको ५२ वर्षको विश्वकप पर्खाइ

हाइटीले ५२ वर्षपछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । यसअघि सन् १९७४ मा खेलेको थियो। हाइटीले पहिलो खेलमा स्कटल्याण्डसँग १–० ले हारेको थियो ।

(07:30 AM)

फिलाडेल्फियामा जारी ब्राजिल र हाइटी बीचको विश्वकप समूह 'सी' को खेल क्रममा ब्राजिलका राफिन्हा (११) घाइते भएपछि ४० मिनेटपछि मैदान छोड्दै। उनले खेलको सुरूवातमा केही सुन्दर अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् । तस्बिर : एपी

Injured Rafinha

(07:12 AM)

ब्राजिललाई सहज अग्रता

विश्वकप २०२६ मा हाइटीविरुद्धको खेलको पहिलो हाफ समाप्त हुँदा ब्राजिल ३–० ले सहज स्थितिमा रह्यो । ब्राजिलका लागि म्याथेस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका छन् । कुन्हाले २३ र ३६ औं मिनेटमा गोल गरेपछि जुनियरले इन्ज्युरी समयमा तेस्रो गोल थपे । ब्राजिललाई प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न यो खेलमा जित आवश्यक छ ।

(07:08 AM)

भिनिसियस जुनियरको तेस्रो गोल

ब्राजिलका लागि भिनिसियस जुनियरले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका छन् । यससँगै ब्राजिल ३–० ले अगाडि रह्यो । यस विश्वकपमा उनको यो दोस्रो व्यक्तिगत गोल हो ।

(07:03 AM)

नेयमारबीनाको ब्राजिल

शनिबार बिहान हाइटीविरुद्धको समूह चरणको दोस्रो खेलमा पनि ब्राजिलका मुख्य खेलाडी नेयमार खेलेका छैनन् । ब्राजिलको आक्रमणको जिम्मा राफिन्हा, कुन्हा र भिनिसियस जुनियरले सम्हालिरहेका छन् । पछिल्ला ६ खेलमा क्लिन सिट नतीजा निकाल्न नसकेको ब्राजिलले समूह ‘सी’ अन्तर्गतको हाइटीसँगको खेलमा ३६ मिनेटभित्र २ गोलको अग्रता लिईसकेको छ ।

Neymar's Brazil

(06:57 AM)

ब्राजिलको दोस्रो गोल

ब्राजिलले ३६ औं मिनेटमा दोस्रो गोल गरेको छ र यससँगै हाइटीविरुद्ध २–० को अग्रता लिएको छ । यो गोल पनि म्याथेस कुन्हाकै नाममा रह्यो । यसरी उनले ब्राजिका लागि दुई गोल गरेका छन् ।

Brazil's second goal

(06:52 AM)

ब्राजिललाई कुन्हाको राहत

हाइटीविरुद्ध पहिलो गोल गर्ने म्यानचेस्टर युनाईटेडका ब्राजिलियन खेलाडी म्याथेस कुन्हा । भिनिसियस जुनियरले हानेको प्रहारलाई हाइटीका गोलरक्षकले क्लीअर गर्न नसकेपछि कुन्हाले त्यसलाई गोलमा परिणत गरेका हुन् । तस्बिर : एपी

Cunha's relief for Brazil

(06:45 AM)

ब्राजिललाई अग्रता

ब्राजिलले खेलको २३ औं मिनेटमा अग्रता लिएको छ । म्याथेस कुन्हाले ब्राजिलका लागि गोल गरेका छन् र यससँग ब्राजिल १–० ले अगाडि रह्यो । पाँच पल्टको विश्व च्याम्पियनका लागि यो ठूलो राहतका रूपमा रहनेछ ।

कान्तिपुर

Link copied successfully