विश्वकप जर्सीले भनिरहेको फरक कथा

हरेक देशका जर्सीले अनेक फरक कथा भनिरहेको छ, जर्सी ऐतिहासिक र सांस्कृतिकमात्र होइन, विवादास्पद पनि छन् ।

असार ६, २०८३

एपी

The World Cup jersey tells a different story

What you should know

न्युयोर्क — विश्वकपमा सहभागी टिमका जर्सीले खेलाडीको पसिना पुछ्ने काम मात्र गर्दैन, यसले रगत र आँसु पनि आफूभित्र लुकाउने प्रयास गर्छ । अनि यी जर्सीले अनेक फरक कथा पनि भनिरहेको छ । यसको अर्थ ऐतिहासिक र सांस्कृतिक दुवै हुनसक्छ । यतिमात्र होइन, केही त विवादास्पद पनि छन् । विश्वकप २०२६ का जर्सीले साँच्चै के भनिरहेको छ त ? 

The World Cup jersey tells a different story

केप भार्डेले यसपल्ट विश्वकपमा डेब्यु गरिरहेको छ । यो विश्वकप खेल्ने जनसंख्या र क्षेत्रफल दुवै अर्थमा अहिलेसम्मकै सबैभन्दा सानो देश हो । यसका ५ लाख २५ हजार जनता त्यस्ता १० टापुमा बस्छन्, जसको निर्माण ज्वालामुखी विष्फोटबाट भएको थियो । यसको नीलो र सेतो जर्सीमा अंकित त्रिभुजले भन्छ, यी टापुलाई एक आपसमा जोड्ने हवाई उडानको बाटो । 

The World Cup jersey tells a different story

यसभित्र लुकेको अर्थ हो, यो विश्वकपमा त्यहाँको जतनालाई एकजुट बनाएको छ । केप भार्डे नै त्यो टिम हो, जसले अहिले स्पेन जस्तो ठूलो देशलाई गोलरहित बराबरीमा रोकेर सनसनी मच्चाएको छ । बेल्जियमको जर्सी भने बहुरंगी छ । त्यसैले भन्न सुरु भएको छ, यो जर्सी मात्र होइन, यो भन्दा अझ धेरै ठूलो हो । 

बेल्जियमका एक चित्रकार २० औं शताब्दीका छन् । उनको नाम हो, रेने म्याग्रिटे । उनले आफ्नो कलामा जहिले पनि आँखा र मस्तिष्कलाई जोड्ने प्रयास गर्थे । उनकै सोचमा तयार पारिएको बेल्जियमको जर्सीले भन्छ, यो मानवीय कल्पनाको एक अंश हो । विश्वकपको जर्सीमध्ये सबैभन्दा विवादास्पद भने हाइटीको रह्यो । 

The World Cup jersey tells a different story

सन् १८०३ मा हाइटीले आफ्नो स्वतन्त्रताको युद्ध लडेको थियो । त्यसकै अन्तिम युद्धको क्षण हाइटीको जर्सीमा थियो । हाइटीको स्वतन्त्रमा जतिले पनि आफ्नो त्याग र तपस्या लगाए, तिनै लागि यो जर्सी समर्पित थियो । तर फिफालाई के लाग्यो भने यो अलिकति धेरै नै राजनीतिक भयो, त्यसैले यही जर्सी लगाएर खेल्न भने दिइएन । 

त्यसैले हाइटीले त्यस्तो जर्सी बनाउनु परेको थियो, जसमा नीलो रंगको बाहुल्य थियो । अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियनका रूपमा यो विश्वकप खेल्दै छ । यसले लगाउने यसपल्टको जर्सीको पनि विशेष कथा छ । अल्जेरियाविरुद्ध आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले जुन जर्सी लगाएको थियो, त्यसमा आकाशे रंगका तीन धर्सा थिए । 

The World Cup jersey tells a different story

त्यसले अर्जेन्टिनाले अहिलेसम्म जितेका तीन विश्वकपको प्रतिनिधित्व गरिरहेको थियो । ती सन् १९७८, १९८६ र २०२२ को विश्वकप थियो । त्यस अर्थमा अर्जेन्टिनाले आफ्नो जर्सीमा फुटबलकै अहिलेसम्मका ठूलो उपलब्धिलाई अंकित गर्न खोजेको छ । अर्जेन्टिनाको दोस्रो रोजाइको जर्सी भने नीलो छ र यसले ब्युनस आयर्समा प्रचलित रंग लगाउने शैलीको प्रतिनिधित्व गर्छ । 

अर्जेन्टिना जस्तै फ्रान्स नै त्यस्तो देश हो, जसलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मान्न सकिन्छ । यसपल्ट फ्रान्स लगातार तेस्रोपल्ट फाइनल खेल्ने उद्देश्यमा छ । यही फ्रान्सेली टिमको दोस्रो रोजाइको जर्सी विशेष छ र यसको सम्बन्ध अमेरिकासँग छ । आखिरमा यही अमेरिकामा त यसपल्टको विशवकप भइरहेको छ, तीन सह–आयोजकमध्ये एक । 

The World Cup jersey tells a different story

यो जर्सीले धेरै अगाडि फ्रान्सले अमेरिकालाई उपहार स्वरूप दिएको स्वतन्त्रताको प्रतिमा अंकित छ । सन् १८८६ मा फ्रान्स र अमेरिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउन यो मूर्ति उपहार दिइएको थियो । अनि यो मूर्तिको नारा पनि आफैंमा गजब छ र त्यसले भन्छ, ‘हामी एक आपसमा फरक छौं, त्यसैले त एकजुट पनि छौं ।’ 

यस्तै इरानको पहिलो रोजाइका सेतो जर्सीको माथितिर विशेष प्रजातिको चितुवा छ । यो असाध्यै दुर्लभ चितुवा रहेको छ । डर छ, यो कतै चाँडै लोप हुन त होइन ? इरानले लामो समयदेखि यसलाई संरक्षण गर्ने प्रयास गरिरहेको छ, तर गाह्रो भइरहेको छ । सन् १९९० सम्म पनि यस्तो चितुवा चार सय हाराहारीमा थिए, अहिले ७० को डरलाग्दो संख्यामा घटिसकेको छ । 

The World Cup jersey tells a different story

यसपल्टको विश्वकपमा अहिलेसम्म प्रयोगमा आएका जर्सीमध्ये सबैलाई लोभ्याएको जर्सी नर्वेको पनि हो । अहिलेसम्मकै सबैभन्दा धेरै तिख्खर छ, यो जर्सीमा रातो रंगको बाहुल्य छ । यसमा प्रयोग भएको अक्षर जुन छन्, त्यसले युरोपका सयौं हजारौं वर्ष पुराना लिपिको प्रतिनिधित्व गरिरहेको छ । नर्वेलाई आफ्नो इतिहासमा गर्व छ, त्यसैले त्यसैलाई देखाउन चाहेको छ । 

कोलम्बियाको जर्सीमा प्रयोग भएको पहेँलो रंग पनि उत्तिकै गाढा देखिन्छ । यसलाई पुतलीको ढाँचामा बनाइएको छ र यो आफ्नो देशको नोबल पुरस्कार विजेता ग्याब्रियल गार्सियाप्रति समर्पित छ । तीन सह–आयोजक देशमध्ये मेक्सिकोको जर्सीले एज्टेक क्यालेन्डरलाई प्रतिनिधित्व गरिहरको छ । यो सूर्यले तय गर्ने यात्रामा आधारित छ । 

The World Cup jersey tells a different story

साउदी अरेबियाको हरियो जर्सीमा विन्दुहरू अंकित छन् । साउदी अरेबियाको घरहरूमा धेरै अगाडिदेखि यसरी नै रंग लगाउने चलन छ । अनि ब्राजिलको दोस्रो रोजाइको नीलो र कालो रंगको जर्सीले एमेजन जंगलमा पाइने भ्यागुतोलाई प्रतिनिधित्व गरिरहेको छ । यो विषालु भ्यागुतो हो र यसलाई के थाहा छ भने पाँचपल्टको च्याम्पियन देश फुटबलको मैदानमा कति धेरै डरलाग्दो छ भनेर ।

विश्वकप २०२६

एपी

Link copied successfully