Live

फिफा विश्वकप २०२६ : मोरक्कोद्वारा स्कटल्यान्ड १ गोलले पराजित

मोरक्कोले स्कटल्यान्डलाई १ गोलले हराएको छ ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: Morocco defeats Scotland by 1 goal

6 Updates

(05:45 AM)

मोरक्कोद्वारा स्कटल्यान्ड १ गोलले पराजित

विश्वकप २०२६ को समूह 'सी' अन्तर्गत स्कटल्यान्ड र मोरक्कोबीचको खेल सकिएको छ । मोरक्कोले स्कटल्यान्डलाई १ गोलले हराएको छ ।

(04:36 AM)

हाफ-टाइम : स्कटल्यान्ड-०, मोरक्को-१

पहिलो हाफअघि मोरक्‍को १ गोलको अग्रतामा रहेको छ । मोरक्कोका इस्माल साइबेरीले यस विश्वकपमै सबैभन्दा छिटो, दोस्रो मिनेटमै गोल गर्न सफल भएका हुन् ।

(03:50 AM)

यस विश्वकपमै सबैभन्दा छिटो गोल गरे साइबरीले

मोरक्कोका इस्माल साइबेरीले यस विश्वकपमै सबैभन्दा छिटो गोल गरेका हुन् ।

(03:48 AM)

दोस्रो मिनेटमै मोरक्कोको पहिलो गोल

दोस्रो मिनेटमै मोरक्को पहिलो गोल गर्न सफल भएको छ । मोरक्कोका इस्माल साइबेरीले यस विश्वकपमै सबैभन्दा छिटो गोल गर्न सफल भएका हुन् ।

(03:46 AM)

ब्राजिलसँग बराबरीमा रोकिएको थियो मोरक्को

कीर्तिमान पाँचपल्टको विजेता ब्राजिल विश्वकप २०२६ को समूह 'सी'को आफ्नो पहिलो खेलमा मोरक्कोको हातबाट १–१ को बराबरीमा रोकिएको थियो । 

(03:45 AM)

स्कटल्यान्डले हाइटीलाई हराएको थियो

स्कटल्यान्डले विश्वकप २०२६ मा आइतबार हाइटीलाई १–० ले पराजित गरेको थियो र यससँगै समूह सी को शीर्ष स्थानमा उक्लेको थियो ।

कान्तिपुर

Link copied successfully