Live

कतार र स्विट्जरल्यान्डको खेल १-१ गोलको बराबरीमा टुंगियो

ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरी स्विट्जरल्यान्डलाई अग्रता दिलाए पनि बोउलेम खोउखीले इन्जुरी टाइमको पाँचौं मिनेटमा गोल गर्दै कतारलाई १–१ को बराबरीमा ल्याए ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Qatar and Switzerland's match ended in a 1-1 draw

12 Updates

(02:52 AM)

१-१ गोलको बराबरीमा टुंगियो खेल

कतार र स्विट्जरल्यान्ड बीचको खेल १–१ को बराबरीमा टुंगिएको छ । ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरी स्विट्जरल्यान्डलाई अग्रता दिलाए पनि बोउलेम खोउखीले इन्जुरी टाइमको पाँचौं मिनेटमा गोल गर्दै कतारलाई १–१ को बराबरीमा ल्याएका हुन् ।

The match ended in a 1-1 draw.

(02:47 AM)

कतारको पहिलो गोल

कतार पहिलो गोल गर्न सफल भएको छ । ६ मिनेट इन्जुरी टाइमको पाँचौं मिनेटमा बोउलेम खोउखीले गोल गर्दै कतारलाई १–१ को बराबरीमा ल्याएका हुन् ।

(01:36 AM)

हाफ-टाइम : स्विट्जरल्यान्ड १, कतार ०

पहिलो हाफअघि स्विट्जरल्यान्डले एक गोल गर्न सफल भएको छ । पेनाल्टीबाट स्विट्जरल्यान्ड पहिलो गोल गर्न सफल भएको हो । ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरी स्विट्जरल्यान्डलाई १७ औं मिनेटमा अग्रता दिलाएका छन् । उनले राष्ट्रिय टोलीबाट २५ औं गोल गरेका हुन् ।

Switzerland leads by 1 goal in the first half

(01:07 AM)

पेनाल्टीबाट स्विट्जरल्यान्डको पहिलो गोल

पेनाल्टीबाट स्विट्जरल्यान्ड पहिलो गोल गर्न सफल भएको छ । ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरी स्विट्जरल्यान्डलाई १७ औं मिनेटमा अग्रता दिलाएका छन् । उनले राष्ट्रिय टोलीबाट २५ औं गोल गरेका हुन् ।

(01:04 AM)

स्विट्जरल्यान्ड अग्रता लिन चुक्यो

मिडफिल्डमा वर्चस्व जमाइरहेको स्विट्जरल्यान्डले १० औं मिनेटमा अग्रता लिने अवसर गुमाएको छ । रिकार्डो रोड्रिगुएजले लेफ्टबाट दिएको क्रसमा डान एनडोयेले १० यार्डबाट बाहिर हुन पुगे ।

(12:57 AM)

कतारले सुन्दर मौका गुमायो

स्विस डिफेन्डर मानुइल एकान्जीले गल्ती गर्दा कतारले तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो । तर इडमिल्सन जुनियरको प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगर कोबेलले बचाउ गरेका छन् ।

(12:50 AM)

स्विट्जरल्यान्डविरूद्ध कतारको खेल सुरु

स्विट्जरल्यान्डविरूद्ध कतारको खेल सुरु भएको छ ।

Qatar's match against Switzerland begins

(12:44 AM)

कतारको बेन्चमा अलमोइज अली

अलमोइज अलीले विश्वकपको एसियाली छनोटमा १२ गोल गरेका थिए । छनोट चरणमा योभन्दा बढी गोल नर्वेका इर्लिङ हलान्डले मात्र गरेका छन् । तर अलीलाई कतारले आज बेन्चमा राखेको छ ।

(12:42 AM)

आयोजकबाट छनोट हुँदै विश्वकपमा पुगेको कतार

२०२२ मा आयोजकको हिसाबमा पहिलो पटक विश्वकप खेलेको कतारले यसपटक छनोटचरण पार गरेको हो । २०१९ र २०२३ मा गरी लगातार दुई पटक एसियन कप जितेर कतार अहिले एसियाको बलियो प्रतिद्धन्द्धी बन्न पुगेको छ ।

(12:30 AM)

स्विट्जरल्यान्ड आफैं आत्मविश्वासी रहनेछ

स्विट्जरल्यान्ड आफैं आत्मविश्वासी रहनेछ र यो स्वाभाविक रहेको छ, किनभन्दा युरोपेली छनोटमा यो टिम एकै पल्ट पनि पराजित रहेन र यसक्रममा दुई गोल मात्रै खाएको थियो । पछिल्लो विश्वकपमा उत्रेको टिम नै अहिलेको स्विस टिम छ भन्दा हुन्छ । विश्वकपमा स्विस टिमको प्रदर्शन लगभग युरोपका अन्य टिम जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्यान्ड र पोर्चुगल जत्तिकै रहेको छ ।

(12:29 AM)

कतारको उच्च प्रदर्शन आवश्यक

कतारको समूह ‘बी’ का अन्य प्रतिद्वन्द्वी बोस्निया र आयोजक क्यानडा पनि बलिया छन् । त्यसैले पनि कतारबाट उच्च प्रदर्शन आवश्यक पर्नेछ । टिमका प्रमुख खेलाडी अलमोज अली र दुईपल्टको एसियाली वर्ष खेलाडी अक्रम अफिफ रहनेछन् ।

(12:23 AM)

कतारले सन् २०२२ मा आफ्नै देशमा भएको विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन

कतारले सन् २०२२ मा आफ्नै देशमा भएको विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । यसक्रममा कतार लिग चरणका सबै तीनै खेलमा पराजित भयो र एक गोल मात्र गर्न सफल रह्यो ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully