Live

क्यानडाविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ गोलको बराबरीमा टुंगियो

सहआयोजक क्यानडाले विश्वकप २०२६ मा बोस्निया हर्जगोभिनिविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ ।

जेष्ठ ३०, २०८३

कान्तिपुर संवाददाता

Bosnia and Herzegovina's match against Canada ended in a 1-1 draw.

8 Updates

(02:46 AM)

बराबरीमा टुंगियो खेल

सह आयोजक क्यानडाले विश्वकप २०२६ मा बोस्निया हर्जगोभिनिविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ । क्यानडाले विश्वकमा अंक बटुलेको यो पहिलो अवसर हो ।

(02:25 AM)

क्यानडाको पहिलो गोल

घरेलु मैदानमा क्यानडाले पहिलो गोल गर्न सफल भएको छ । ७८ औं मिनेटमा कायल लरिनले गरेको गोलमा क्यानडाले बोस्निया हर्जगोभिनाविरुद्धको खेल १–१ को बराबरीमा ल्याएको हो ।

(01:38 AM)

पहिलो हाफमा बोस्निया हर्जगोभिनाको अग्रता

बोस्निया हर्जगोभिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले २१ औं मिनेटमा अग्रता लिएको हो ।

Bosnia and Herzegovina lead in the first half

(01:08 AM)

बोस्निया एन्ड हर्जगोभिनाको पहिलो गोल

बोस्निया एन्ड हर्जगोभिनाले पहिलो गोल गर्न सफल भएको छ । जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले २१ औं मिनेटमा अग्रता लिएको हो ।

(12:38 AM)

दुवै टिम प्रमुख खेलाडी बिनै मैदानमा उत्रँदै

क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवै आफ्ना प्रमुख खेलाडी बिनै मैदानमा उत्रँदै छन् । बायर्न म्युनिकबाट खेल्ने क्यानडाका कप्तान अल्फोन्सो डेभिस र बोस्नियाका ४० वर्षे स्ट्राइकर इडेन जेको दुवै चोटका कारण यस खेलमा खेलिरहेका छैनन् ।

(12:31 AM)

क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता

क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता हो । टोलीले यसअघि १९८६ मा मेक्सिकोमा र २०२२ मा कतारमा विश्वकप खेलेको थियो, तर ती दुईमा कुनै अंक बटुल्न सकेको थिएन । टोरोन्टो रंगशालामा भरिभराउ घरेलु समर्थकमाझ शुक्रबार क्यानडा विश्वकपमा पहिलो जित बटुल्दै अंक जोड्ने दाउमा छ ।

(12:28 AM)

सहआयोजकका रुपमा खेल्दै क्यानडा

क्यानडाले सहआयोजकका रुपमा यस विश्वकपमा सोझै प्रवेश पाएको हो भने बोस्निया हर्जगोभिनाले छनोटचरणमा इटालीसहितका टोलीलाई पन्छाएको थियो ।

(12:26 AM)

विश्वकप २०२६ मा सहआयोजक क्यानडा बोस्निया हर्जगोभिनाको सामना गर्दै

विश्वकप २०२६ मा सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ ।

कान्तिपुर

Link copied successfully