क्यानडालाई विश्वकपमा पहिलो अंक

यस विश्वकपको यो पहिलो बराबरी खेल हो । क्यानडाले विश्वकपमा अंक बटुलेको पनि यो पहिलो अवसर हो ।

जेष्ठ ३०, २०८३

एएफपी

Canada gets first point in World Cup

टोरोन्टो — सह आयोजक क्यानडाले विश्वकप २०२६ मा शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ । यस विश्वकपको यो पहिलो बराबरी खेल हो । क्यानडाले विश्वकपमा अंक बटुलेको पनि यो पहिलो अवसर हो ।  

क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता हो । टोलीले यसअघि १९८६ मा मेक्सिकोमा र २०२२ मा कतारमा विश्वकप खेलेको थियो, तर ती दुवै संस्करणमा क्यानडा सबै खेलमा पराजित रहेको थियो ।

क्यानडाका जोनाथन डेबिडले १७ औं मिनेटमा नजिकबाट पाएको राम्रो अवसरलाई बोस्नियाका गोलरक्षक निकोला भासिल्जले बचाउन पुगे । तर जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले २१ औं मिनेटमा अग्रता लिएको थियो र मध्यान्तरसम्म त्यसलाई कायमै राखेको थियो । 

टोरोन्टो रंगशालामा कायल लरिनले ७९ औं मिनेटमा गरेको गोलमा क्यानडाले खेल बराबरीमा ल्याएको थियो । उनले लरिनले इन्जुरी टाइमको छैटौं मिनेटमा गरेको प्रहार बोस्नियाका खेलाडीले रोकेर निश्चित गोलजस्तै बचाएका थिए । 

क्यानडा र बोस्निया हर्जगोभिनिआ दुवै आफ्ना प्रमुख खेलाडीबिनै उत्रिएका थिए । बायर्न म्युनिकबाट खेल्ने क्यानडाका कप्तान अल्फोन्सो डेभिस र बोस्नियाका ४० वर्षे स्ट्राइकर इडेन जेको दुवै चोटका कारण यस खेलमा खेल्न पाएनन् ।

एएफपी

Link copied successfully