स्विट्जरल्यान्डसँग कतारको ऐतिहासिक बराबरी

बोउलेम खोउखीले इन्जुरी टाइमको पाँचौं मिनेटमा गोल गरेपछि कतार विश्वकपको इतिहासमा पहिलो अंक बटुल्न सफल भएको हो ।

जेष्ठ ३१, २०८३

एएफपी

Qatar's historic draw with Switzerland

सान फ्रान्सिस्को — कतारले फिफा विश्वकप २०२६ को शनिबारको खेलमा स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।

बोउलेम खोउखीले इन्जुरी टाइमको पाँचौं मिनेटमा गोल गरेपछि कतार विश्वकपको इतिहासमा पहिलो अंक बटुल्न सफल भएको हो ।

२०२२ मा आफैं आयोजक भएपछि कतारले पहिलो पटक विश्वकप खेलेको थियो र सबै ३ खेलमा पराजित भएको थियो । तर २०१९ र २०२३ मा गरी लगातार दुई पटक एसियन कप जितेको कतारले यसपटक छनोट चरण पार गरेर नै विश्वकप खेलेको हो । 

अनुभवी स्विस डिफेन्डर मानुइल एकान्जीले गल्ती गर्दा कतारले तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो, तर इडमिल्सन जुनियरको प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगर कोबेलले बचाउ गरेका थिए । 

स्विट्जरल्यान्डले पनि यस्तै मौका चुकाएको थियो । मिडफिल्डमा वर्चस्व जमाइरहेको स्विट्जरल्यान्डले १० औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । रिकार्डो रोड्रिगुएजले लेफ्टबाट दिएको क्रसमा डान एनडोयेले १० यार्डबाट बाहिर हान्न पुगे । 

स्विट्जरल्यान्डले अन्ततः १७ औं मिनेटमा अग्रता लिएको थियो । ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरी स्विट्जरल्यान्डलाई १७ औं मिनेटमा अग्रता दिलाएका छन् । उनले राष्ट्रिय टोलीबाट २५ औं गोल गरेका हुन् । 

तर ६ मिनेट इन्जुरी टाइमको पाँचौं मिनेटमा देब्र साइडबाट आएको सुन्दर क्रसमा कप्तान खोउखीले गोल गर्दै कतारलाई १–१ को बराबरीमा ल्याएका हुन् ।

विश्वकप २०२६

एएफपी

Link copied successfully