मोरक्कोले इस्माइल साइबरीको गोलमा २१ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यो लामो समय भने टिकेन र ब्राजिलका लागि भिनिसियस जुनियरले ३२ औं मिनेटमा बराबरी गोल फर्काए ।
काठमाडौँ — कीर्तिमान पाँचपल्टको विजेता ब्राजिल विश्वकप २०२६ को समूह 'सी'को आफ्नो पहिलो खेलमा मोरक्कोको हातबाट १–१ को बराबरीमा रोकिएको छ ।
मोरक्कोले इस्माइल साइबरीको गोलमा २१ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यो लामो समय भने टिकेन र ब्राजिलका लागि भिनिसियस जुनियरले ३२ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि दुवै टिम थप गोल गर्न असफल रहे र दुवै टिमले एक/एक अंकमा चित्त बुझाए ।
प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा मैदानमा उत्रेको ब्राजिलले खेलमा प्रभावशाली प्रदर्शन गर्न सकेन । मोरक्कोले पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो र यसपल्ट पनि उसले राम्रो गर्ने अपेक्षा गरिएको छ ।
