Live

ब्राजिल भर्सेस मोरक्को

ब्राजिलले समूह ‘सी’ को आफ्नो पहिलो खेलमा शनिबार बलियो टोली मोरक्कोको सामना गर्दै ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Brazil vs. Morocco

15 Updates

(05:55 AM)

मोरक्कोसँग ब्राजिलको बराबरी

कीर्तिमान पाँच पल्टको विजेता ब्राजिल विश्वकप २०२६ को समूह 'सी'को आफ्नो पहिलो खेलमा मोरक्कोको हातबाट १–१ को बराबरीमा रोकिएको छ । मोरक्कोले इस्माइल साइबरीको गोलमा २१ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यो लामो समय टिकेन  र ब्राजिलका लागि भिनिसियस जुनियरले ३२ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि दुवै टिम थप गोल गर्न असफल रहे र दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।

Brazil draws with Morocco

(05:43 AM)

साइमरीको स्थानमा रहिमी

९० मिनेटको खेल सकिनु एक मिनेटअघि मोरक्कोले गोल स्कोरर साइमरीलाई परिवर्तन गरेको छ । उनको स्थानमा सौफनी रहिमी आएका छन् । ९० मिनेटको खेल सकिएपछि १० मिनेट एडिसनल टाइम थप गरिएको छ । 

Rahimi in place of Saimari

(05:36 AM)

खेल सकिन ५ मिनेट बाँकी रहँदा बराबरीमै

८५ मिनेटमा खेल जारी रहँदा ब्राजिल र मोरक्को दुवै बराबरीमा खेलिरहेका छन् । खेल सकिन १० मिनेट पनि बाँकी रहेको अवस्थामा ब्राजिलले केही आकर्षक मुभ बनाएको छ । कुना, राफिन्हाले आक्रमणमा भिनिसियस जुनियरलाई साथ दिइरहेका छन् । ब्राजिलले खेल ५५ प्रतिशत आफ्नो पक्षमा राखेको छ । 

The game is tied with 5 minutes left.

(05:22 AM)

मोरक्कोले पनि गर्‍यो खेलाडी परिवर्तन

ब्राजिललाई कडा चुनौती दिइरहेको मोरक्कोले खेलको ६५ औं मिनेटमा आएर मात्र खेलाडी परिवर्तन गरेको छ । उसले ब्राहिम डियाजको स्थानमा चेम्स्डीनेलाई मैदान प्रवेश गराएको छ भने एजेदिने औनाहीको स्थानमा समीर एल माउरबेटलाई मौका दिएको छ ।

Morocco also made player changes.

(05:16 AM)

ब्राजिलमा पुनः खेलाडी परिवर्तन

ब्राजिलले फरवार्ड लुकास पाकिटाको स्थानमा म्याथ्यु कुनालाई ल्याएको छ भने इगोर थियागोलाई पनि परिवर्तन गर्दै उनको स्थानमा लुइज हेन्रिकलाई मैदानमा पठाएको छ । खेलको ६४ औं मिनेट चलिरहँदा ब्राजिल र मोरक्को दुवै एक/एक गोलको बराबरीमा छन् । 

Another player change in Brazil

(05:02 AM)

ब्राजिलले गर्‍यो २ खेलाडी परिवर्तन

दास्रो हाफको खेल सुरु भएसँगै ब्राजिलले दुई खेलाडी परिवर्तन गरेको छ । पहेँलो कार्ड खाएका रक्षक रोजर इबानेजको स्थानमा ड्यानिलोलाई ल्याइएको छ भने कासेमिरोको स्थानमा फ्याबिनोलाई ठाउँ दिइएको छ । 

Player changes

(05:00 AM)

तथ्यांकमा ब्राजिल

विश्व फुटबलको पावरहाउस ब्राजिले फिफा विश्वकप २०२६ मा आज पहिलो खेल खेलिरहेको छ । ब्राजिलले सन् १९३४ यता ९३ वर्षमा आफ्नो पहिलो खेल हारेको छैन । 

Brazil in figures

(04:55 AM)

पहिलो हाफमा ब्राजिलविरुद्ध मोरक्को हाबी

पछिल्लो समय निकै राम्रो फर्ममा रहेको मोहम्मद औहबी नेतृत्वको मोरक्कोले पाँच पटकको विश्व विजेता ब्राजिललाई पहिलो हाफमा बलियो चुनौताी दिएको छ । 

ब्राजिलले ५४ प्रतिशत बलमा नियन्त्रण राखेको भए पनि मोरक्कोले गोलको सम्भावना ब्राजिलको भन्दा राम्रो बनाएको छ । मोरक्कोले पोस्टतर्फ १२ वटा प्रहार गर्दा ब्राजिलले मात्र ६ प्रहार गरेको छ । त्यसैगरी, ब्राजिलका दुई खेलाडी क्यासेमिरो र रोजर इबानेजले पहेँलो कार्ड खाएका छन् भने मोरक्कोले अहिलेसम्म कुनै कार्ड खाएको छैन ।

Morocco dominates Brazil in the first half

(04:45 AM)

पहिलो हाफ बराबरीमा

विश्वकप फुटबलमा ब्राजिल भर्सेस मोरक्कोको खेल पहिलो हाफमा एक/एक गोलको बराबरीमा सकिएको छ । फिफा वरीयतामा ७ औँ स्थानमा रहेको मोरक्कोले ६ औँ स्थानमा रहेको ब्राजिलविरुद्ध खेलको २१ औँ मिनेटमा लिएको अग्रतालाई ९ मिनेट पनि जोगाउन सकेन । ब्राजिलले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो । 

First half tied

(04:25 AM)

ब्राजिलको बराबरी गोल

एक गोलले पछि परेको अवस्थामा ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा मोरक्कोविरुद्ध गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याएका छन् । उनले ब्रुनो गोमरेजको पासमा गोल गरेका हुन् ।

Brazil equalizer
तस्बिर : एपी

(04:12 AM)

मोरक्कोले गर्‍यो पहिलो गोल

मोरक्कोका लागि स्माइल साइबरीले गोल गरेका हुन् । मोरक्कोका फरवार्ड साइबरीले ब्राजिलविरुद्ध २१ औं मिनेटमा पहिलो गोल गरेका छन् । उनले ब्राहिम डियाजको पासमा गोल गरेका हुन् ।

Morocco scored.

(04:05 AM)

सुरुवाती १५ मिनेटमा मोरक्कोको ६ प्रहार 

सुरुवाती १५ मिनेटमा मोरक्कोले ब्राजिलको गोलपोस्टमा ६ पटक अट्याक गरिसकेको छ । तर सबै प्रहार ब्राजिलले रोकेको छ । 

Morocco scored 6 goals in the first 15 minutes.

(04:00 AM)

ब्राजिल नेयमारबिनै मैदानमा

ब्राजिलले समूह ‘सी’ को आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्कोको सामना गर्दा नेयमारबिनै मैदानमा उत्रिएको छ । नेयमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक  कार्लो एन्सोलेटीले स्टार खेलाडी नेयमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्। ब्राजिलको आक्रमणको जिम्मा एन्सोलेटीले ब्रेनफोर्ड फर्वाड इगोर थियागो र रियल म्याड्रिडका भिनिसियस जुनिएरलाई दिएका छन्। 

Brazil on the field without Neymar

(03:51 AM)

फिफा वरीयतामाा ब्राजिल छैटौंमा छ भने मोरक्को सातौंमा

यो खेल यस विश्वकपको लिग चरणकै सबैभन्दा बराबरीको टक्करको हुने अनुमान गरिएको छ । आजको खेल मेटलाइफ स्टेडियममा हुनेछ, जहाँ टोलीसामु पछिल्लो विश्वकपमा सेमिफाइनल पुगेर तहल्का मच्चाएको अफ्रिकी टिम मोरक्को छ । 

Brazil is sixth in the FIFA rankings, while Morocco is seventh.

(03:45 AM)

दुवै टिमका खेलाडी मैदानमा

राष्ट्रिय गानसँगै खेल सुरु हुँदै । ब्राजिलले समूह ‘सी’ को आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्कोको सामना गर्दै ।

Players from both teams on the field

कान्तिपुर

Link copied successfully