इंग्ल्यान्डसँग हार्‍यो श्रीलंका, ९५ रनमै अलआउट

श्रीलंकाका लागि कप्तान दासुन सनाकाले सर्वाधिक ३० रन बनाए । अन्य ब्याटरले भने हेर्नलायक प्रदर्शन गरेनन् ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Sri Lanka lost to England, all out for 95 runs

काठमाडौँ — ट्वान्टी-२० विश्वकपको सुपर एटमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले हराएको छ । कोलम्बोस्थित पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । 

इंग्ल्यान्डका लागि फिल साल्टले सर्वाधिक ६२ रन बनाए । विल ज्याक्सले २१ रन बनाउँदा कप्तान ह्यारी ब्रुकले १४ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य रन जोड्न सकेनन् । श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै  दिलसान मधुशंका, महेश थीक्सानाले २/२ विकेट लिए ।

Sri Lanka lost to England, all out for 95 runs१४७ रनको सामान्य विजय लक्ष्य पाए पनि श्रीलंका भने ९५ रनमै अलआउट भयो । श्रीलंकाका लागि कप्तान दासुन सनाकाले सर्वाधिक ३० रन बनाए । अन्य ब्याटरले भने हेर्नलायक प्रदर्शन गरेनन् ।

इंग्ल्यान्डका लागि विल ज्याक्सले ३ विकेट लिए । जोफ्रा आर्चर, लियाम डावसन र आदिल रसिदले २/२ विकेट लिँदा जेमी ओभर्टनले १ विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully