अन्त्यमा हामीले जित्यौं, खुसी छौं : रोहित

'हामीले इंग्ल्यान्डविरुद्धको खेल सायद जित्नु पर्ने थियो । इटालीविरुद्धको प्रदर्शन भने निराशाजनक रह्यो ।'

फाल्गुन ५, २०८२

हिमेश

In the end, we won, we are happy: Rohit

What you should know

मुम्बई — नेपाली टिमका कप्तान रोहित पौडेलले ट्वान्टी-२० विश्वकप २०२६ ले धेरै महत्त्वपूर्ण अनुभव बटुलेको र यसक्रममा विश्व त्रिकेटले नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् । स्कटल्यान्डलाई मंगलबार हराएपछि मिडियासामु प्रस्तुत हुने क्रममा यस प्रतियोगिताबाट नेपाली क्रिकेटले धेरै सिक्ने अवसर पाएको पनि बताए ।

उनले भने, ‘सबैभन्दा खुसीको कुरा, हजारौं नेपाली समर्थक मुम्बई आएका छन् । समर्थकलाई हामीले अन्त्यमा हाँसो दिन सक्यौं । पछिल्लो विश्वकपमा हामीले कुनै खेल जितेका थियौं, यसपल्ट १२ वर्षपछि विश्वकपका कुनै खेल जितेका छौं, त्यसले निकै अर्थ राख्छ । आजको यो जितमा सुरुमा सोमपाल कामीले राम्रो बलिङ गरे, त्यसपछि दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले जिम्मेवारी भरिएको खेल प्रदर्शन गरे ।’

रोहितले दीपेन्द्रको प्रशंसा गर्दै पूरा प्रतियोगितामा राम्रो खेलेको बताए । उनले भने, ‘पछिल्लो विश्वकपमा उनको प्रदर्शन त्यति राम्रो रहेन् । नेपाली क्रिकेटले उनी जस्ता खेलाडीबाट धेरै सिक्नु पर्छ ।’ यस्तै उनले वानखेडे जस्तो ऐतिहासिक स्टेडियममा खेल्नु पाउनु ठूलो उपलब्धी भएको बताउँदै नेपाली समर्थकलाई धन्यवाद पनि दिए । उनले नेपाली घरेलु क्रिकेट संरचनालाई पनि अझ बलियो बनाउनु पर्नेमा पनि जोड दिए ।

कप्तान राहितले पूरा प्रतियोगितामै नेपालको खेलको विश्लेषण गर्दै भने, ‘हामीले इंग्ल्यान्डविरुद्धको खेल सायद जित्नु पर्ने थियो । इटालीविरुद्धको प्रदर्शन भने निराशाजनक रह्यो । वेस्ट इन्डिजविरुद्ध पनि हामीले राम्रो गर्नु पर्ने थियो । तर अन्त्यमा आज स्कटल्यान्डलाई हरायौं । हामीले नेपाली क्रिकेटलाई अगाडि बढाउने हो अझै धेरै गर्नु पर्नेछ ।’

हिमेश

Link copied successfully