जोन्सको अर्धशतकमा स्कटल्यान्डले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य

स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनायो

फाल्गुन ५, २०८२

विनोद पाण्डे

Scotland sets Nepal a challenging target with Jones' half-century

What you should know

मुम्बई — ओपनर माइकल जोन्सको ७१ रनमा स्कटल्यान्डले ट्वान्टी–२० विश्वकप क्रिकेटमा  मंगलबार नेपाललाई १ सय ७१ रनको लक्ष्य दिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि मुम्बईको वानखडे रंगशालामा ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनाएको हो । 

पावरप्लेमा बिनाक्षति ५२ रन बनाएको स्कटल्यान्डले सुरुको १० ओभरमा ८० रन जोडेर उत्कृष्ट सुरुवात गर्‍यो । १० औं ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले जर्ज मन्सीलाई आउट गरी यो साझेदारी तोडेका थिए । मन्सीले २९ बल खेली ४ चौका प्रहार गर्दै २७ रन बनाए ।

म्याकमुलनले १५ रनमा जीवनदान पाएको थिए, जब नन्दन यादवको बलमा सन्दीप जोराले उनको क्याच छुटाउन पुगे । जोन्सले म्याकमुलनसँग दोस्रो विकेटमा ३२ बलमा ५२ रनको साझेदारी गरे । सोमपाल कामीले १६ औं ओभरमा दुवैलाई आउट गरी नेपाललाई खेलमा फर्काउने प्रयास गरे । सोमपालले जोन्सलाई बोल्ड गरे भने म्याकमुलनलाई कट एन्ड बोल्ड गरे । 

Scotland sets Nepal a challenging target with Jones' half-centuryजोन्सले ४५ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे । म्याकमुलनले १९ बल खेली समान १ चौका र छक्का प्रहार गरी २५ रन बनाए । अर्को ओभरमा कुशल भुर्तेलले रिची बेरिङटनलाई १० रनमा आउट गरे । नन्दनले म्याथ्यु क्रसलाई ४ रनमा बोल्ड गरे भने माइकल लिस्कलाई ४ रनमा आउट गरे ।  

सोमपालले टम ब्रुसलाई ५ रनमा आउट गरफ आफ्नो तेस्रो विकेट लिए । सोमपालले ४ ओभरमा २५ रनमात्र खर्चेर सो ३ विकेट लिएका हुन् । नन्दनले २ ओभरमा ३४ रन खर्चेर २ विकेट तथा रोहित र कुशलले १–१ विकेट लिए । 

नेपालले प्रतियोगितामा पहिलो पटक टस जितेको थियो । नेपालले अघिल्लो खेल खेलेको टोलीबाट करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको छ । जोराको प्रतियोगितामा यो पहिलो खेल हो । पहिलो ३ खेल खेलेका मध्यमगतिका बलर करणले कुनै विकेट लिन सकेका थिएनन् । 

Scotland sets Nepal a challenging target with Jones' half-centuryनेपालले एउटै विजय हात पार्न सकेको छैन र पहिलो तीन खेलमै पराजित हुन पुगेको थियो । वेस्ट इन्डिज र इंग्ल्यान्डसँग पराजित स्कटल्यान्डले इटालीमाथि विजय हात पारेको थियो । नेपाल र स्कटल्यान्ड दुवै ‘सुपर एट’ दौडबाट बाहिरिसकेका छन् । समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड समान ३ जित निकाल्दै दोस्रो चरणमा पुगिसकेका छन् । 

बंगलादेशले प्रतियोगिता नखेल्ने गरेपछि अन्तिम समयमा उसको स्थान लिन आएको स्कटल्यान्डले पहिलो ३ खेल नै कोलकाताको इडेन गार्डेनमा खेलेको थियो । टोलीले पहिलो पटक मुम्बईमा खेलिरहेको हो । नेपालले सबै ४ खेल वानखेडेमा खेलिरहे पनि अघिल्ला खेलहरट्ठमा त्यसको फाइदा लिन सकिरहेको थिएन । 

Scotland sets Nepal a challenging target with Jones' half-centuryनेपाल र स्कटल्यान्ड ट्वान्टी–२० अन्तर्राष्ट्रियमा खेल्न लागेको यो तेस्रो पटक हो । नेपालले मे–जुनमा स्कटल्यान्ड भ्रमण गरेको थियो, जहाँ नेपालले त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डसँग २ खेल खेलेको थियो, जसमा दुवै टोलीले १–१ खेल जितेका थिए ।

Scotland sets Nepal a challenging target with Jones' half-century

तस्बिरहरू : अंगद ढकाल र हेमन्त श्रेष्ठ/कान्तिपुर

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully