दीपेन्द्रको ८ विकेटको रेकर्ड सोमपालले तोडेका हुन्
काठमाडौँ — सोमपाल कामी ट्वान्टी-२० विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् । सोमपालले दीपेन्द्रसिंह ऐरीको रेकर्ड तोडेका हुन् । दीपेन्द्रको ८ विकेटको रेकर्ड सोमपालले तोडेका हुन् ।
सोमपालले मंगलबार स्कटल्यान्डविरुद्ध ३ विकेट लिँदै विश्वकपमा समग्र रुपमा १० विकेट लिएका हुन् । स्कटल्यान्डविरुद्ध ४ ओभर बलिङ गर्दै उनले २५ रन खर्चिएर ३ विकेट लिएका हुन् ।
सोमपाल नेपालका लागि सहभागी ३ वटै विश्वकप खेल्ने खेलाडीसमेत हुन् । उनले २०१४, २०२४ र यसपालि विश्वकप खेलिरहेका छन् । तेस्रो स्थानमा रहेका वसन्त रेग्मीले ५ विकेट लिएका छन् ।
