अस्ट्रेलिया विश्वकपबाट बाहिरियो

अस्ट्रेलिया जिम्बावे र श्रीलंकाविरुद्धको खेलमा पराजित भएको थियो र यी हार उसका लागि निकै महँगो साबित भयो ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Australia is out of the World Cup.

मुम्बई — जिम्बावे र आयरल्यान्डबीच ट्वान्टी-२० विश्वकप २०२६ को समूह 'बी'को क्यान्डीमा हुनुपर्ने खेल वर्षा कारण रद्द गरिएको छ । यो नतिजापछि जिम्बावे सुपर एटका लागि छनोट भएको छ । यो समूहबाट यसअघि नै श्रीलंका अर्को चरण पुगिसेकेको छ ।

उपाधिको बलियो प्रत्यासी मानिएको अस्ट्रेलिया भने यो नतिजासँगै प्रतियोगिताबाट बाहिरिएको छ । अस्ट्रेलिया जिम्बावे र श्रीलंकाविरुद्धको खेलमा पराजित भएको थियो र यी हार उसका लागि निकै महँगो साबित भयो ।

क्यान्डीमा हुनुपर्ने खेल वर्षाले एक बल पनि सम्भव भएन । यो नतिजापछि श्रीलंका ६ र जिम्बावे ५ अंकमा रहे । त्यस पछाडि आयरल्यान्डको ३ र अस्ट्रेलियाको २ अंक भएको छ । ओमान भने शून्य अंकमा रहेको छ ।

कान्तिपुर

Link copied successfully