जिम्बाब्वेसँग हारेको अस्ट्रेलिया जित्नै पर्ने दबाबमा
मुम्बई — अस्ट्रेलियाले ट्वान्टी-२० विश्वकप २०२६ को समूह बी को महत्त्वपूर्ण खेलमा सोमबार आयोजक श्रीलंकाको सामना गर्दैछ । उपाधिको बलियो प्रत्यासी अस्ट्रेलियालाई प्रतियोगितामा कायम रहन यो खेल जित्नै आवश्यक पर्नेछ ।
जिम्बाब्वेविरुद्धको खेल गुमाएपछि अस्ट्रेलिया कमजोर देखिएको हो । अबको खेल पालेकेलेमा हुनेछ ।
आफ्ना दुवै खेल जितेको श्रीलंकाको चार अंक छ भने चारै खेलबाट अस्ट्रेलियाको दुई अंक मात्र छ । समूह 'सी' को कोलकाताको इडेन गार्डेनमा हुने खेलमा दुई पल्टको च्याम्पियन इंग्ल्यान्ड र इटाली आमनेसामने हुनेछन् ।
लिग चरणको आफ्नो अन्तिम खेल अगाडि इंग्ल्यान्डको चार अंक छ । इटालीले भने आफ्नो तेस्रो खेल खेल्दैछ र उसको दुई अंक छ ।
दिनको पहिलो खेलमा अफगानिस्तान र यूएई भिड्ने छन् । समूह 'डी' को यो खेल नयाँ दिल्लीमा हुनेछ । दुवै टिमले आफ्नो सुरुआती दुवै खेलमा पराजित रहेको थियो, त्यसैले उनीहरू शून्य अंकमा रहेका छन् ।
