पाकिस्तानले समूह 'ए'को खेलमा टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएपछि ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
मुम्बई — भारतले ट्वान्टी-२० विश्वकप २०२६ को आइतबार कोलम्बोमा भएको खेलमा पाकिस्तानसामु १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानले समूह 'ए'को खेलमा टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएपछि ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
सुरुमा भारतले ठूलो स्कोर खडा गर्ने स्थिति रहे पनि त्यो मैदानमा पूरा भएन । अभिषेक वर्मा शून्यमा आउट भएपछि अर्का ओपनर इसान किसनले ४० बलमा ७७ रन बनाए । उनले ४० बलमा १० चौका र ३ छक्का प्रहार गरे । उनी आउट भएपछि भारतको रन बनाउने गति सुस्त भएको थियो ।
यस क्रममा तिलक वर्माले २५ र कप्तान सूर्यकुमार यादवले ३२ रन बनाए । यस्तै, शिवम दुबेले २७ रनको योगदान गरे । पाकिस्तानी बलरमध्ये सइम अयुब सबैभन्दा सफल रहे । उनले २५ रनमा तीन विकेट लिए । दुवै टिम सुरुआती दुई खेल जितेर चार चार अंकमा छन् ।
