नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले मुम्बईको वानखडे रंगशालामा १५.२ ओभरमै पूरा गरेको थियो ।
मुम्बई — नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’ मा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले मुम्बईको वानखडे रंगशालामा १५.२ ओभरमै पूरा गरेको थियो ।
वेस्ट इन्डिजका ओपनर ब्याटर ब्रान्डन किंग २२ रन बनाई आउट भए । नन्दन यादवको बलमा कुशल भुर्तेलले मिडअनमा उनको क्याच लिएका थिए । किंग र कप्तान साई होपले ६ ओभरभित्र पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए ।

