जितले समूह ‘ए’ मा ४ खेलबाट ६ अंक बनाएर पाकिस्तान सुपर एट पुग्ने अन्तिम टोली बन्यो । यो नतिजाले ४ अंक लिएर बसेको अमेरिका अघि बढ्न पाएन ।
काठमाडौँ — साहिबजादा फरहानले अविजित शतकमा पाकिस्तानले कोलम्बोमा नामिबियामाथि १०२ रनको जित हासिल गर्दै ट्वान्टी–२० विश्वकपको सुपर एटमा स्थान पक्का गरेको थियो ।
फरहानले ५८ बलमा ४ छक्का र १० चौकासहित अविजित १०० रन बनाएपछि पाकिस्तानले १९९–३ को स्कोर बनाएको थियो । जवाफमा १७.३ ओभरमा नामिबिया ९७ रनमा समेटियो ।
जितले समूह ‘ए’ मा ४ खेलबाट ६ अंक बनाएर पाकिस्तान सुपर एट पुग्ने अन्तिम टोली बन्यो । यो नतिजाले ४ अंक लिएर बसेको अमेरिका अघि बढ्न पाएन ।