क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । त्यस क्रममा उसले ७ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।
मुम्बई — क्यानडाले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा यूएईसामु १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । त्यस क्रममा उसले ७ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।
त्यसमा हर्ष थाकरले सर्वाधिक ५० रन बनाए । उनले ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै नवनित धालिवालले ३४ रन बनाए ।
दुवै टिम पहिलो जितको खोजीमा छन् । क्यानडा र यूएई आफ्नो पहिलो खेलमा पराजित रहेका थिए ।
