इटालीविरुद्ध शक्तिको त्यो ऐतिहासिक शतक

इटाली नेपालका लागि सर्वथा नयाँ प्रतिद्वन्द्वी नै पनि होइन् । नेपाल र अहिलेसम्म इटालीबीच तीन खेल भएका छन् र ती सबै वान डे रहेका छन् ।

माघ २९, २०८२

हिमेश

What you should know

मुम्बई — ट्वान्टी ट्वान्टी त्रिकेटमा नेपाल र इटाली अहिलेसम्म भिडेकै छैनन् । त्यस अर्थमा जति बेला ट्वान्टी ट्वान्टी विश्वकपमा आज बिहीबार नेपाल र इटाली एकअर्का विरुद्ध खेल्नेछन्, त्यो एक आपसमा पहिलो खेल हुनेछ ।

त्यसको अर्थ नेपालले इटालीविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट नै नखेलेको भने होइन् । इटाली नेपालका लागि सर्वथा नयाँ प्रतिद्वन्द्वी नै पनि होइन् । नेपाल र अहिलेसम्म इटालीबीच तीन खेल भएका छन् र ती सबै वान डे रहेका छन् ।

अनि इटालीवरुद्धको पछिल्लो भेट १३ वर्ष पुरानो भने रहेको छ । मीठो संयोग के पनि छ भने नेपाल यी तीनै खेलमा विजयी रहेको पनि छ । सन् २००५ मा नेपाल र इटाली अन्तर्राष्ट्रिय क्रिकेटको एउटै स्तरमा थियो र त्यो थियो, डिभिजन टु । त्यति बेला विश्वकप छनोट सिरिज डिभिजन टुको खेल मलेसियामा भएको थियो । त्यति बेलाको ८८ रनको जितमा शक्ति गौचनले ऐतिहासिक शतक प्रहार गरेका थिए ।

शक्ति आफ्नो त्यस शतकलाई लिएर असाध्यै खुसी थिए र नेपाल फर्केयता यो तथ्य उनले स्विकारे पनि, तर त्यो पनि उनको बानी अनुसार अलिकति लजाएर । त्यसो त उनी खासमा बलिङका लागि चिनिने खेलाडी हुन् । उनको परिचय नै यही हो । तर शक्ति जस्तो खेलाडीको पनि प्रायः चर्चा हुने गर्छ, उनको यही शतकका कारण । अहिले पनि शक्तिबारे यस शतकलाई लिएर कुरा गर्नु पर्छ, उनको अनुहारमा मुस्कान देखिन्छ नै ।

सन् २०१६ मा नेपालले डिभिजन फोरमा नेपालले फेरि इटालीको सामना गरेको थियो । नेपाल आठ विकेटले विजयी रहेको थियो । नेपालले इटालीलाई सुरुमै ७१ रनमा अलआउट पारेको थियो । त्यसपछि जितसम्म पुग्न खासै संघर्ष गर्नु परेन् । दुई टिमबीचको अन्तिम खेल भने सन् २०१३ मा भएको थियो, जुन डिभिजन थ्रीको खेल थियो । त्यसमा नेपाल आठ विकेटले विजयी रहेको थियो । तयति बेला इटालीले पहिले ब्याटिङ गर्दै १ सय २७ रन मात्र बनाएको थियो ।

हिमेश

Link copied successfully