नेपालसँगै श्रीलंका र भारत दुवैको खेल आज

मुम्बईमा हुने समूह सी को खेलमा दुई एसोसियट देश नेपाल र इटाली भिड्दै छन् ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — मुम्बई– ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा बिहीबार तीन खेल रहेका छन् । त्यसमा दुई आयोजक देश श्रीलंका र भारतसँगै नेपाल मैदानमा उत्रदैछन् ।

समूह बी को पालेकेलेमा हुने खेलमा श्रीलंकाले ओमानको सामना गर्दैछ । यो समूहमा श्रीलंकाका दुई अंक छ भने ओमान शून्यमै छ ।

यस्तै मुम्बईमा हुने समूह सी को खेलमा दुई एसोसियट देश नेपाल र इटाली भिड्दै छन् । दुवै टिम आ–आफ्ना पहिलो खेलमा पराजित रहेको हुनाले शून्य अंकमा छन् । 

दुवैका लागि यो पहिलो जितको अवसर हुनेछ । यस्तै नयाँ दिल्लीमा हुने समूह ए को खेलमा भारतले नामिबियाको सामना गर्नेछ । भारत एक जितबाट दुई अंकको स्थितिमा छ भने नामिबिया शून्य अंकमा रहेको छ ।

कान्तिपुर

Link copied successfully