आयरल्यान्डलाई अस्ट्रेलियाले दियो १ सय ८३ रनको लक्ष्य

अस्ट्रेलियाले समूह 'बी'को कोलम्बोमा भएको खेलमा आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै १ सय ८३ रनको लक्ष्य तयार पारेको हो ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — उपाधिको बलियो दाबेदार रहेको अस्ट्रेलिया बुधबार ट्वान्टी-२० विश्वकप २०२६ मा पहिलोपल्ट मैदानमा उत्रेको छ । यस क्रममा उसले समूह 'बी'को कोलम्बोमा भएको खेलमा आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै १ सय ८३ रनको लक्ष्य तयार पारेको छ ।

अस्ट्रेलियाले टस जितेर फहिले ब्याटिङको निर्णय गरेको थियो र यस क्रममा ६ विकेट गुमाएर १ सय ८२ रनको स्कोर खडा गरेको थियो । यसमा कसैको एक ठूलो व्यत्तिगत स्कोर भने रहेन ।

जस इंग्लिसले ३७, क्यामरुन ग्रिनले २१, म्याथ्य रेनसले ३७ र मार्कस स्टोइनसले ४५ रन जोडे । स्टोइनसले २९ बल सामना गरेर दुई चौका र एक छक्का प्रहार गरे । आइरिस बलरमध्ये मार्क एडाइरले दुई विकेट हात पारे ।

कान्तिपुर संवाददाता

Link copied successfully