क्यानडाविरुद्ध दक्षिण अफ्रिकाको सजिलो जित

समूह 'डी' को खेलमा दक्षिण अफ्रिका ५७ रनले विजयी रह्यो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

South Africa's easy win against Canada

मुम्बई — दक्षिण अफ्रिकाले ट्वान्टी-२० विश्वकपमा सोमबार क्यानाडामाथि सजिलो जित निकालेको छ । समूह 'डी' को खेलमा दक्षिण अफ्रिका ५७ रनले विजयी रह्यो ।

जितका लागि २ सय १४ रन पछ्याएको क्यानाडाले आठ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकी बलरमध्ये लुंगी एनगिडीले ३१ रनमा चार विकेट लिए । त्यसप्रदर्शन अगाडि क्यानाडाका लागि नवनित धालिवालले ६४ रन बनाए र यो नै सर्वाधिक ठूलो स्कोर रह्यो ।


त्यस अगाडि दक्षिण अफ्रिकाले दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय १३ रन बनाएको हो । त्यसमा कप्तान तथा ओपनर एडन माकरमले ३२ बलमा ५९ रन बनाए । उनले १० चौका र एक छक्का प्रहार गरे ।

माकरमले पहिलो विकेटका लागि क्विन्टन डे ककसँग ७० रनको साझेदारी गरे । क्यानडाका लागि अनश पटेलले ३१ रन खर्चिएर तीन विकेट लिए ।

कान्तिपुर

Link copied successfully