ओमानले दिएको १०४ रनको लक्ष्य पछ्याउँदै जिम्बाब्वे

कोलम्बोमा भएको खेलमा ओमानले १९.५ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Zimbabwe chases down Oman's target of 104 runs

मुम्बई — ओमानले ट्वान्टी-२० विश्वकप २०२६ को समूह 'बी' को खेलमा ओमानले जिम्बाब्वेसामु १ सय ४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बाबेले टस जितेर पहिले बलिङ रोजेको थियो । कोलम्बोमा भएको खेलमा ओमानले १९.५ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । 

ओमानका लागि बिनायो सुब्बाले सर्वाधिक २८ रन बनाए । यस्तै जिम्बाबेका तर्फबाट रिचर्ड एनगाभरा, ब्लेसिङ मुजा र ब्राड इभान्सले तीन/तीन विकेट लिए ।

कान्तिपुर

Link copied successfully