श्रीलंकाले ट्वान्टी-२० विश्वकप २०२६ मा आइतबार कोलम्बोमा भएको खेलमा आयरल्यान्डलाई २० रनले पराजित गरेको हो ।
काठमाडौँ — श्रीलंकाले ट्वान्टी-२० विश्वकप २०२६ मा आइतबार विजयी सुरुआत गरेको छ । उसले कोलम्बोमा भएको खेलमा आयरल्यान्डलाई २० रनले पराजित गरेको हो । जितका लागि १ सय ६४ रन पछ्याएको आयरल्यान्डले समूह बी को खेलमा १९.५ ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।
आयरल्यान्डका लागि ह्यारी टेक्टरले २३ रनमा ३४ रन बनाए ।
यस्तै, रस अडिरलले ३४ रन बनाए । टस हारेर श्रीलंकाले पहिले ब्याटिङ गरेको थियो । यस क्रममा उसले ६ विकेटमा १ सय ६३ रन बनाएको थियो । त्यसमा कुशल मेन्डिसले ४३ बलमा ५६ रन बनाए ।
उनले पाँच चौका प्रहार गरे र नटआउट रहे । कमिन्दु मेन्डिसले भने १९ बलमै ४४ रन जोडे । उनले चार चौका र दुई छक्का प्रहार गरे । आयरल्यान्डका बलरमध्ये बेरी म्याकार्टी र जर्ज डकरेलले दुई-दुई विकेट लिए ।
