दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय १३ रन बनायो
मुम्बई — दक्षिण अफ्रिकाले ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह 'डी' को खेलमा सोमबार क्यानडासामु २ सय १४ रनको विशाल लक्ष्य प्रदान गरेको छ ।
क्यानडाले टस जितेर पहिले बलिङ रोजेको हो । यसै क्रममा दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय १३ रन बनाएको हो । त्यसमा कप्तान तथा ओपनर एडन माकरमले ३२ बलमा ५९ रन बनाए । उनले १० चौका र एक छक्का प्रहार गरे ।
माकरमले पहिलो विकेटका लागि क्विन्टन डे ककसँग ७० रनको साझेदारी गरे । क्यानडाका लागि अनश पटेलले ३१ रन खर्चिएर तीन विकेट लिए ।
