आयरल्यान्ड भने यो लगातार दोस्रो हार हो र यसले उसको अर्को चरण पुग्ने सम्भावनालाई कमजोर र कठिन बनाएको छ ।
मुम्बई — अस्ट्रेलियाले ट्वान्टी-२० विश्वकपमा बुधबार आफ्नो पहिलो खेल खेल्ने क्रममा आयरल्यान्डसलाई सजिलै ६७ रनले पराजित गरेको छ । यो जितपछि अस्ट्रेलियाको दुई अंक भएको छ र समूह 'बी' को शीर्षमा पनि उक्लेको छ ।
आयरल्यान्डको भने यो लगातार दोस्रो हार हो र यसले उसको अर्को चरण पुग्ने सम्भावनालाई कमजोर र कठिन बनाएको छ ।
उपाधिको बलियो दावेदार रहेको अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य सामु आयरल्यान्ड १६.५ ओभरमा १ सय १५ रन मात्र बनाएर अलआउट भएको थियो । नथान एलिस र एडम जाम्पाले चार चार विकेट लिए पनि आयरल्यान्ड कमजोर स्कोरमै समेटिको हो । आयरल्यान्डका लागि जर्ज डकरेलले बनाएको ४१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
त्यसअगाडि अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा ६ विकेट गुमाएर १ सय ८२ रनको स्कोर खडा गरेको थियो ।
त्यसमा जस इग्लिसले ३७, क्यामरुन ग्रीनले २१, म्याथ्य रेनसले ३७ र मार्कस स्टोइनसले ४५ रन जोडे । स्टोइनसले २९ बल सामना गरेर दुई चौका र एक छक्का प्रहार गरे । आइरिस बलरमध्ये मार्क एडाइरले दुई विकेट हात पारे ।
