यति बेला नेपाली टिम मुम्बईमा छ र आज बिहीबार हुने वान्टी ट्वान्टी विश्वकप २०२६ खेलमा इटालीको सामना गर्दैछ ।
What you should know
मुम्बई — जति जति बेला नेपाली राष्ट्रिय क्रिकेट टिम मैदानमा उत्रेन गर्छ, टिमको सबैभन्दा ठूलो शक्ति नै समर्थक हुने गर्छ । अझ यी समर्थकलाई त १२ औं खेलाडी समेत भन्ने गरिन्छ । यति बेला नेपाली टिम मुम्बईमा छ र आज बिहीबार हुने ट्वान्टी-२० विश्वकप २०२६ खेलमा इटालीको सामना गर्दैछ ।
समूह सी को यो खेल जितेर नेपाल आफ्नो सुपर एटको सम्भावना जीवन्त राख्न चाहन्छ । खेल अगाडि चर्चाको एउटा विषय बनेको छ, नेपाली टिमले पाइरहेको अपार समर्थन ।
हजारौं संख्यामा नेपाली समर्थक लामो यात्रा तय गरेर अहिले मुम्बईमा छन् । कुरा यत्तिकैमा सकिन्न, मरिन ड्राइभ छेउको वानखेडे स्टेडियम पुग्नु पर्छ, जति पनि यो खेल हेर्न आउने छन्, ती सबै नेपाली समर्थक नै हुन जस्तो लाग्न सक्छ ।
यति बेला मुम्बई क्रिकेटसँग जोडिएका जति छन्, ती सबैले नेपाली टिमकै समर्थनमा देखिएका छन् । इंल्यान्डविरुद्धको खेलमा नेपालको राम्रो प्रदर्शनपछि खुसी भएका यी भारतीय क्रिकेट प्रशंसकले नेपाल वानखेडे नेपालको दोस्रो घर हो भनेर समेत दाबी गरिरहेका छन् ।
यस्तै वानखेडेको प्रेस बक्समा जति पनि भारतीय पत्रकार भेटिन्छन्, ती सबैले आफ्नो समर्थन नेपाली टिमकै लागि रहेको बताइरहेका छन् । उनीहरू सबैको लगभग एउटै दाबी जस्तो रहेको छ, भारतीय टिम पनि यो विश्वकपमा कुनै टिमप्रति समर्थन छ भने त्यो नेपाल प्रति नै हो ।
लामो अनुभव बोकेका यी पत्रकार सबै नेपाली टिमको प्रदर्शनबाट एक प्रकार अचम्म मानिरहेका छन् र भन्छन्, नेपाली क्रिकेट कम्तीको रहनेछ ।
मुम्बई त्रिकेट एसोसियसनका अध्यक्ष अजिन्का नायकले औपचारिक कुराकानी नै नेपाली टिम र समर्थकको आथित्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले पनि आफ्नो समर्थन नेपाली टिमप्रति रहेको मात्र बताएका छैनन्, वानखेडेलाई आफ्नो घरेलु मैदान सम्झेर खेल्दा पनि हुन बताउँछन् । उनी कति धेरै उत्साहित छन् भने नेपाली क्रिकेटको विकास र विस्तारका लागि आफ्नोतर्फबाट सक्दो सबै सहयोग हुने पनि बताउँछन् ।
