कान्तिपुर म्याक्सबाट ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण

पहिलो पटक ट्वान्टी–२० विश्वकप क्रिकेट नेपाली टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गर्न लागेको हो । विश्वकपका सबै ५५ खेलको प्रत्यक्ष प्रसारण गरिनेछ ।  प्रत्यक्ष प्रसारणको ब्रोडकास्टिङ टाइटल स्पोन्सर 'एक्सट्रिम इनर्जी ड्रिङ्क्स' रहेको छ ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Live broadcast of the Twenty20 World Cup from Kantipur Max

What you should know

काठमाडौँ — आसन्न आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको सम्पूर्ण खेल कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा ट्वान्टी–२० विश्वकप आयोजना हुँदै छ । उक्त विश्वकपमा नेपालको पनि सहभागिता रहनेछ ।

पहिलो पटक ट्वान्टी–२० विश्वकप क्रिकेट नेपाली टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गर्न लागेको हो । विश्वकपका सबै ५५ खेलको प्रत्यक्ष प्रसारण गरिनेछ । कान्तिपुर म्याक्सबाट इंग्लिस कमेन्ट्री र कान्तिपुर म्याक्स टु बाट नेपाली कमेन्ट्रीमा प्रत्यक्ष प्रसारण गरिने कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँरले जानकारी दिए ।

विश्वकपको प्रत्यक्ष प्रसारणको ब्रोडकास्टिङ टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ । त्यसका लागि दुई पक्षबीच बुधबारै प्रायोजन सम्झौता भएको छ । कान्तिपुर म्याक्सका बिजनेस प्रमुख सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिंक्सका सेल्स प्रमुख पवनकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Live broadcast of the Twenty20 World Cup from Kantipur Maxसीईओ स्वाँरले कान्तिपुर म्याक्सलाई खेलकुद च्यानलको रूपमा विकास गरिरहेको बताउँदै नेपालले खेल्ने अन्तर्राष्ट्रिय म्याचको प्रत्यक्ष प्रसारण गर्न पाउनु गौरवको विषय भएको सुनाए । उनले प्रत्यक्ष प्रसारणका लागि नेपाली च्यानललाई विश्वास गरेकामा आईसीसीप्रति आभार व्यक्त गरे ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपालले खेल्न लागेको ट्वान्टी–२० विश्वकपको नेपाली च्यानलबाट प्रत्यक्ष प्रसारण हुनु नेपाली क्रिकेट विकासको लगानीको रूपमा चर्चा गरे । ट्वान्टी–२० विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो । यसपालि नेपाल समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्डसँगै रहेको छ । नेपालले पहिलो खेल इंग्ल्यान्डविरुद्ध फेबु्रअरी ८ मा मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully