भारतले जितेको त्यो विश्वकप

सन् २००७ को ट्वान्टी-२० विश्वकप प्रतियोगिताका लागि भारतबाट त्यो टिम निस्केको थियो, जसमा अनुभवी खेलाडी भन्ने नै लगभग थिएनन् । थियो त त्यति बेलासम्म प्रमाणित हुन बाँकी महेन्द्रसिंह धोनी ।

माघ १४, २०८२

हिमेश

That World Cup that India won

What you should know

काठमाडौँ — सन् २००७ त्यो वर्ष हो, जति बेला विश्व क्रिकेट सधैंका लागि फेरियो, सायद त्यो पनि सही कारणका लागि । दक्षिण अफ्रिकाले पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो र ठ्याक्कै समय थियो, सेप्टेम्बर ११ देखि २४ सम्म ।

खासमा ट्वान्टी-२० क्रिकेट आफैं प्रयोगका रूपमा सुरु भएको थियो । जति बेला यसको पहिलो विश्वकप आयोजना सफलतापूर्वक भयो, त्यसले विश्व क्रिकेटलाई नयाँ सनसनीपूर्ण स्वाद पस्कने काम गरेको थियो, जुन असाध्यै धेरै नाटकीय पनि थियो ।

यो प्रतियोगिताका लागि भारतबाट त्यो टिम निस्केको थियो, जसमा अनुभवी खेलाडी भन्ने नै लगभग थिएनन् । थियो त त्यति बेलासम्म प्रमाणित हुन बाँकी महेन्द्रसिंह धोनी । त्यति बेला उनी खुबै आत्मविश्वासी त थिए, तर उत्तिकै कच्चा पनि थिए । यही भारतीय टिमका युवराज सिंहले इंग्लिस बलर स्टुवार्ट ब्रोडलाई के एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए, सबैले महसुस गरे, यो ट्वान्टी-२० क्रिकेटमा केही विशेष छ है ।

यसबीच २० ओभरको एक इनिङ्स त्यो बसै दिएको थियो, जुन दुई ५० ओभरको वान डे अथवा पाँच दिनको टेस्टले दिन सकिरहेको थिएन । फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । जोहानसबर्गमा भएको उपाधि भिडन्तमा पाकिस्तान जितको नजिक पुगेको थियो, तर उसले अन्त्यमा सकेन । मिसबाह उल हक स्कुप सट खेल्ने प्रयासमा श्रीसन्तको हाटबाट समानिएका थिए, जोगिन्दर सिंहको बलिङ । त्यही क्षण भारत च्याम्पियन बनेको थियो ।

That World Cup that India wonसेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएको थियो भने भारतले अस्ट्रेलियालाई । त्यस अगाडि सुपर एटका खेल भएका थिए । त्यस चरणमा एउटा समूहबाट दक्षिण अफ्रिका र इंग्ल्यान्ड तथा अर्को समूहबाट श्रीलंका र बंगलादेश बाहिरिएका थिए । त्यस अगाडि समूह चरणमा यही भारतले पाकिस्तानलाई हराएको थियो, त्यो पनि बोल्डआउटको मद्दतले । बोल्डआउट ठ्याक्कै फुटबलको टाइब्रेकर जस्तै थियो । यो खेलका नायक थिए, रोहित शर्मा र इरफान पठान ।

अनि यही बेलादेखि त हो, कप्तान धोनीलाई कूल कप्तान भन्न थालेको, जत्तिकै दबाबमा पनि शान्त देखिने कप्तान । प्रतियोगितामा कुल १२ टिमको सहभागिता थियो । प्रारम्भिक लिग चरणमा चार समूह थिए । त्यस लिग चरणबाट बाहिरिने टिम थिए, वेस्ट इन्डिज, जिम्बाब्वे, केन्या र स्कटल्यान्ड । यो विश्वकपले विश्व क्रिकेटलाई लगाएको सबैभन्दा ठूलो गुण थियो, इन्डियन प्रिमियर लिग (आईपीएल) को जन्मको लागि निर्णायक प्रेरणा ।

ट्वान्टी-२० विश्वकप

हिमेश

Link copied successfully