ट्रफी हेर्न क्रिकेटप्रेमी र पर्यटकहरुको घुइँचो लागेको थियो ।
काठमाडौँ — टी–२० विश्वकप ट्रफी बुधबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा प्रदर्शन गरिएको छ ।
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ । नेपाल ल्याइएको उक्त ट्रफी सोमबार मात्रै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । ट्वान्टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो । आगामी फेब्रुअरी ७ देखि हुने विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।
![T20 World Cup trophy displayed at Boudhanath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/iccworldcuptrophy20260107910-0712026113935-1000x0.jpg&w=1001&h=0)
![T20 World Cup trophy displayed at Boudhanath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/iccworldcuptrophy20260107911-0712026113942-1000x0.jpg&w=1001&h=0)