सन् २००३ ताका इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले एउटा प्रस्ताव अगाडि सारेको थियो, २० ओभर इनिङ्सको खेल गर्ने । अनि त्यो पनि जम्माजम्मी तीन घण्टामै टुंगिने । यो त एक प्रकारले क्रिकेटको वास्तविक ढाँचाकै विरुद्धमा थियो कि ? जे जस्तो भए पनि जति बेला ट्वान्टी-२० क्रिकेटको जन्म भयो, आम दर्शकले यसलाई मन भने पराए । अब के चाहियो र ?
What you should know
काठमाडौँ — भारत र श्रीलंकाले दसौं संस्करणको ट्वान्टी-२० विश्वकप आयोजना गर्नै लाग्दा एउटा प्रश्न स्वभाविक हुन्छ, साँच्चै विश्व क्रिकेटको यो सबैभन्दा कान्छो ढाँचा सुरु भयो चाहिँ कसरी ? सबैलाई के थाहा छ भने क्रिकेटको वास्तविक स्वरूप अलिकति विस्तारै चल्छ, यसलाई भलादमी पारा भन्दा हुन्छ । जस्तो टेस्ट क्रिकेट ।
यो एक होइन, दुई होइन, पाँच दिन चल्छ । अनि वान डे क्रिकेट पूरापूर एक दिन चल्छ । यस्तो नयाँ पुस्ताका क्रिकेटप्रेमीलाई के लाग्यो भने होइन, यो खेल अब यसरी चल्दैन । केही नयाँ चाहिन्छ ।
नयाँ पनि कस्तो भन्दा आक्रामक, सनसनीपूर्ण, तर छोटो । यही एक धारणाले जन्माएको हो, ट्वान्टी-२० क्रिकेट । फेरि एकपल्ट यसको सोच त्यहीँ बनेको हो, जहाँ क्रिकेट जन्मेर हुर्केको थियो । त्यो भयो, इंग्ल्यान्डमा । सन् २००३ ताका इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले एउटा प्रस्ताव अगाडि सारेको थियो, २० ओभर इनिङ्सको खेल गर्ने । अनि त्यो पनि जम्माजम्मी तीन घण्टामै टुंगिने । यो त एक प्रकारले क्रिकेटको वास्तविक ढाँचाकै विरुद्धमा थियो कि ?
जे जस्तो भए पनि जति बेला ट्वान्टी-२० क्रिकेटको जन्म भयो, आम दर्शकले यसलाई मन भने पराए । अब के चाहियो र ? एउटा नयाँ अध्याय सुरु भयो, विश्व क्रिकेटमा । ट्वान्टी-२० क्रिकेटमा त्यही बेला गति, सनसनी मात्र थिएन, बीचबीचमा संगीत पनि थियो । इंग्ल्यान्डले घरेलु क्रिकेटमा गरेको यो एउटा सफल र सुखद प्रयोगले विश्व क्रिकेटको नजर पर्न कत्ति पनि बेर लागेन । खेलाडीले पनि खुबै मन पराए, आफूले सामना गरेको पहिलो बलदेखि चौका छक्का प्रहार गर्न पाउने ।
यसको अर्थ बलर मात्र चुपचाप भन्ने पनि होइन, तिनले पनि नयाँ-नयाँ तरिका सिके, विकास गरे भन्दा हुन्छ अझ । यसले क्रिकेटले समात्ने लय नै नवीन पाराको भयो । सबैभन्दा ठूलो कुरा, ट्वान्टी-२० क्रिकेटलाई आम दर्शकले साँच्चै अंगालोमा बेरेर आफ्नो बनाए । जसले पहिलो पटक यो शैलीको क्रिकेट हेरे, तिनले भनिहाले, होइन, यसमा केही पक्कै छ । सबैभन्दा निर्णायक मोड आइपुग्यो, सन् २००७ मा, जति बेला दक्षिण अफ्रिकामा भयो, पहिलो संस्करणको ट्वान्टी-२० विश्वकप ।
भारत विजयी रहेको यो विश्वकपले खुबै नयाँ स्वादको क्रिकेट पस्केको थियो, त्यसमाथि फाइनलमा भारतले उपाधि जित्ने क्रममा अरू कसैलाई होइन, भारतलाई हराएको थियो । त्यसपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को जन्म लिन लामो समय लागेन । अब कस्तो समय आइपुगेको छ भने विश्व क्रिकेटले यो शैलीको खेललाई बेवास्ता गर्नै सक्दैन । यो त झनझन लोकप्रिय सावित भइरहेको छ । मुख्य कुरा, टेस्ट होस अथवा वान डे, ट्वान्टी-२० क्रिकेट सँगसँगै अगाडि बढिरहेको छ ।
