Live

एनपीएल : चितवन राइनोज vs पोखरा एभेन्जर्स [ LIVE]

एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

NPL: Chitwan Rhinos vs Pokhara Avengers [LIVE]

64 Updates

(06:40 PM)

दुवै सिजनमा प्लेअफमा नपुग्ने पोखरा मात्रै

दुवै सिजनमा प्लेअफमा नपुग्ने एक मात्र अभागी टोली पोखरा बनेको छ।

(06:39 PM)

चितवन राइनोजलाई पराजित गर्दै पोखरा एभेन्जर्स एनपीएल दोस्रो सिजनको पाँचौं स्थानमा रहँदै एनपीएल यात्रालाई समाप्त गरेको छ ।

(06:37 PM)

डेब्यु म्याचमा अर्जुन कुमालले बनाएर ४३ रन

डेब्यु म्याचमा पोखराका लागि अर्जुन कुमालले अविजित ४३ रन बनाएका छन् । ओपनरका रुपमा आएका उनी २० ओभरसम्मै खेलेका थिए ।

(06:31 PM)

पोखरा १८ ओभरमा ११५ रन

पोखराले १८ ओभरको समाप्तीमा ११५ रन जोडेको छ ।

(06:28 PM)

पोखरा १७ ओभरमा १११ रन

पोखराले १७ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै १११ रन बनाएको छ ।

(06:27 PM)

कुशल भूर्तेल आउट

पोखराका कप्तान कुशल भूर्तेल ४ रन बनाएर आउट भएका छन् ।

Kushal Bhurtel out

(06:23 PM)

पोखरा १६ ओभरमा १०५ रन

पोखराले १६ ओभरमा १ विकेट गुमाउँदै १०५ रन जोडेको छ ।

(06:20 PM)

पोखरा १५ ओभरमा १०१ रन

पोखराले १५ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै १०१ रन जोडेको छ ।

(06:18 PM)

पोखराका कप्तान क्रिजमा

पोखराका कप्तान कुशल भूर्तेल ब्याटिङका लागि क्रिजमा आएका छन् । 

(06:16 PM)

रिजनले लिए एडमको विकेट

चितवन राइनोजका रिजन ढकालले पोखराका एडम रोसिङ्टनको विकेट लिएका छन् । ६५ रन बनाएका उनलाई ढकालले कप्तान कुशल मल्लको हातबाट क्याचआउट गराएका हुन् ।

Reason took Adam's wicket

(06:14 PM)

पोखराको १०० रन पूरा

पोखराले १४ ओभरको समाप्तीमा बिना विकेट क्षति १०० रन पूरा गरेको छ । पोखराका एडम रोसिङ्टन ६५ र डेब्यु म्याच खेलिरहेका अर्जुन कुमाल ३३ रन बनाएर अविजित छन् ।

(06:10 PM)

पोखराले जोड्यो १३ ओभरमा ९५ रन

पोखराले १३ ओभरको समाप्तीमा बिना विकेट क्षति ९५ रन जोडेको छ ।

Pokhara scored 95 runs in 13 overs.

(06:05 PM)

पोखरा १२ ओभरमा ८८ रन

पोखराले १२ ओभरको समाप्तीमा बिना विकेट क्षति ८८ रन बनाएको छ ।

(06:04 PM)

अर्जुन कुमालको पहिलो छक्का

पोखरा एभेन्जर्सका लागि डेब्यु गरिरहेका अर्जुन कुमालले पहिलो छक्का प्रहार गरेका छन् । उनी ३१ बलमा २ चौका र १ छक्काको मद्दतमा २६ रन बनाएर खेलिरहेका छन् ।

(06:00 PM)

पोखरा ११ ओभरमा ७० रन

पोखराले ११ ओभरको समाप्तीमा बिना विकेट क्षति ७० रन बनाएको छ ।

(05:59 PM)

एडमले लगाए अर्धशतक

पोखराका ओपनर ब्याट्सम्यान एडम रोसिङ्टनले अर्धशतक पूरा गरेका छन् । उनले ३७ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

Adam scored a half-century.

(05:56 PM)

एडम रोसिङ्टन अर्धशतक नजिक

पोखराका ओपनर ब्याट्सम्यान एडम रोसिङ्टन अर्धशतक नजिक पुगेका छन् । उनी ३६ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ४९ रनमा नटआउट छन् ।

(05:53 PM)

पोखरा १० ओभरमा ६३ रन

पोखराले १० ओभरको समाप्तीमा विना विकेट क्षति ६३ रन जोडेको छ । पहिले ब्याटिङ गरेको चितवनले १० ओभरमा ४ विकेट गुमाउँदै ४८ रन मात्रै जोडेको थियो । 

(05:49 PM)

पोखरा ९ ओभरमा ५७ रन

पोखराले ९ ओभरको समाप्तीमा ५७ रन बनाएको छ । उसका दुवै ओपनर जोडी क्रिजमा छन् ।

(05:48 PM)

पोखराको ५० रन पूरा

पोखराले ८ दशमलव ४ ओभरमा ५० रन पूरा गरेको छ ।

(05:47 PM)

पोखरा ८ ओभरमा ४७ रन

पोखराले ८ ओभरको समाप्तीमा ४७ रन जोडेको छ ।

(05:39 PM)

पोखरा ७ ओभरमा ४६ रन

पोखराले ७ ओभरको समाप्तीमा विना विकेट क्षति ४६ रन जोडेको छ ।

(05:38 PM)

पोखराले जोड्यो पावर प्लेमा ३८ रन

पोखराले पावर प्ले अर्थात् पहिलो ६ ओभरको खेलमा विना विकेछ क्षति ३८ रन जोडेको छ । पहिले ब्याटिङ गरेको चितवनले ६ ओभरमा २३ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

(05:33 PM)

पोखरा ५ ओभरमा ३० रन

पोखराले ५ ओभरको समाप्तीमा विना विकेट क्षति ३० रन जोडेको छ ।

(05:30 PM)

पोखरा ४ ओभरमा २५ रन

पोखराले ४ ओभरको समाप्तीमा विना विकेट क्षति २५ रन जोडेको छ ।

(05:26 PM)

पोखरा ३ ओभरमा १८ रन

पोखराले ३ ओभरको समाप्तीमा विना विकेट क्षति १८ रन जोडेको छ ।

(05:23 PM)

पोखरा २ ओभरमा १६ रन

पोखराले २ ओभरको समाप्तीमा  विना विकेट क्षति १६ रन जोडेको छ ।

(05:19 PM)

पोखरा पहिलो ओभरमा ७ रन

पोखराले पहिलो ओभरमा ७ रन जोडेको छ । पहिलो ओभरमा १ बलको मात्रै सामना गरेका एडम रोसिङ्टनले छक्का प्रहार गरेका हुन् ।

(05:16 PM)

पोखराका लागि अर्जुन र एडम क्रिजमा

पोखराका लागि अर्जुन कुमाल र एडम रोसिङ्टन क्रिजमा आएका छन् ।

(05:15 PM)

पोखरा ब्याटिङमा

पोखरा १२१ रनको चुनौती पार गर्न ब्याटिङमा उत्रिएको छ ।

(05:05 PM)

विजयी हुने टोली पाँचौं हुने

चितवन र पोखरा दुवै टोली यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका छन् । ६ खेलमा दुवैको समान ४ अंक छ । एनपीएल दोस्रो सिजनको २७ औं यो खेलमा विजयी हुने टोली पाँचौं स्थानमा रहनेछ ।

The winning team will be fifth.

(05:01 PM)

पोखराले पायो १२१ रनको चुनौती

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको चुनौती दिएको छ । चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले २० ओभरको समाप्तीमा आफ्ना ६ ब्याट्सम्यान गुमाउँदै १२० रन बनायो ।

Pokhara gets a 121-run challenge

(04:57 PM)

२० औं ओभर लिएर ऋषि धवन

पोखराले २० औं ओभर ऋषि धवनमार्फत गराएको छ ।

(04:55 PM)

चितवन १९ ओभरमा ११६ रन

चितवन राइनोजले १९ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ११६ रन जोडेको छ ।

Chitwan 116 runs in 19 overs

(04:49 PM)

चितवनका कप्तान कुशल मल्ल २३ बलमा २३ रन बनाएर आउट भएका छन् ।

(04:47 PM)

कुशल मल्ल स्ट्राइकमा

कुशल मल्ल २१ बलमा २१ रन बनाएर खेलिरहेका छन् ।

(04:45 PM)

चितवन १८ ओभरमा १०५ रन

चितवनले १८ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै १०५ रन जोडेको छ ।

(04:44 PM)

चितवनको १०० रन पूरा

चितवन राइनोजले १७ दशमलव ३ ओभरमा १०१ रन बनाएको छ ।

Chitwan completes 100 runs

(04:43 PM)

पछिल्लो ५ ओभरमा चितवनको जोड्यो २९ रनमात्रै

चितवनले पछिल्लो ५ ओभरमा १ विकेट गुमाउँदै २९ रनमात्रै बनाएको छ ।

Chitwan scored only 29 runs in the last 5 overs.

(04:41 PM)

चितवन १७ ओभरमा ९१ रन

चितवनले १७ ओभरको समाप्तीमा ९१ रन जोडेको छ ।

(04:40 PM)

चितवन १६ ओभरमा ८५ रन

चितवनले १६ ओभरको समाप्तीमा ८५ रन जोडेको छ ।

(04:33 PM)

चितवनका लागि युगान्डाका अल्पेश रामजानी क्रिजमा

चितवनका लागि युगान्डाका अल्पेश रामजानी क्रिजमा छन् । एनपीएलमा यो उनको पहिलो खेल हो ।

Uganda's Alpesh Ramjani at the crease for Chitwan

(04:29 PM)

चितवनले ७० रन जोड्दा गुमायो ५ ब्याट्सम्यान

चितवन चितवन राइनोजले ७० रन जोड्दा आफ्ना मुख्य ५ ब्याट्सम्यान गुमाएको छ ।

Chitwan lost 5 batsmen while scoring 70 runs.

(04:28 PM)

चितवनका ब्याट्सम्यान देव खनाल ३५ रन बनाएर आउट भएका छन् ।

Dev Khanal out

(04:25 PM)

चितवन १३ ओभरमा ६८ रन

चितवनले १३ ओभरको समाप्तीमा ६८ रन जोडेको छ ।

Chitwan 68 runs in 13 overs

(04:22 PM)

चितवन १२ ओभरमा ६२ रन

चितवनले १२ ओभरको समाप्तीमा ६२ रन जोडेको छ ।

(04:20 PM)

चितवन ११ ओभरमा ५४ रन

चितवनले ११ ओभरको समाप्तीमा ५४ रन जोड्दा आफ्ना मुख्य ४ ब्याट्सम्यान गुमाएको छ ।

Chitwan 54 runs in 11 overs

(04:17 PM)

चितवनको ५० रन पूरा

चितवनले १० दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै ५० रन पूरा गरेको छ ।

Chitwan completes 50 runs

(04:16 PM)

चितवन १० ओभरमा ४८ रन

चितवनले १० ओभरको समाप्तीमा ४८ रन जोडेको छ ।

(04:13 PM)

चितवनले गुमायो चौथो विकेट

चितवनले चौथो विकेटका रुपमा सेफ जैवलाई गुमाएको छ । उनी १८ बलमा १७ रन बनाएर आउट भए ।

Chitwan loses fourth wicket

(04:11 PM)

चितवन ९ ओभरमा ३९ रन

चितवनले ९ ओभरको समाप्तीमा ३९ रन जोडेको छ ।

Chitwan 39 runs in 9 overs

(04:07 PM)

चितवन ८ ओभरमा ३५ रन

चितवनले ८ ओभरको समाप्तीमा ३५ रन जोडेको छ ।

(04:04 PM)

चितवन ७ ओभरमा ३० रन

चितवनले ७ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ३० रन जोडेको छ । 

(04:00 PM)

चितवन पावर प्लेमा २३ रन

चितवनले पावर प्ले अर्थात् पहिलो ६ ओभरको खेलमा २३ रन जोड्दा ३ विकेट गुमाएको छ ।

(03:54 PM)

चितवन ५ ओभरमा २१ रन

चितवनले ५ ओभरको समाप्तीमा २१ रन जोडेको छ ।

(03:52 PM)

चितवन ४ ओभरमा १५ रन

चितवनले ४ ओभरको समाप्तीमा १५ रन जोड्दै ३ विकेट गुमाएको छ ।

(03:51 PM)

पोखराको घातक बलिङ

पोखराका धनञ्जय लक्षण र विपिन खत्रीको जोडीले ४ ओभर बलिङ गर्दै ३ विकेट चट्काएका छन् । 

(03:48 PM)

चितवन ३ ओभरमा ३ विकेट गुमाउँदै ७ रन

चितवनले ३ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ७ रन जोडेको छ ।

(03:47 PM)

विपिनले गरे मेडन ओभर

विपिन खत्रीले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो ओभर मेडन गरेका छन् । मेडन ओभरमै उनले रवि बोपाराको विकेट लिएका हुन् ।

(03:45 PM)

विपिन खत्रीले लिए बोपाराको विकेट, चितवनले गुमायो तेस्रो विकेट

पोखराका बलर विपिन खत्रीले तेस्रो ओभरको पहिलो बलमै रवि बोपारालाई कुशल भूर्तेलको हातमा क्याच आउट गराएका छन् ।

(03:43 PM)

धनञ्जयले लिए दोस्रो ओभरमा २ विकेट

पोखराका बलर धनञ्जय लक्षणले आफ्नो पहिलो २ रन दिएर २ विकेट विकेट लिएका छन् ।  डेविड मलान र अर्जुन साउदले उनले बोल्ड आउट गरेका हुन् ।

(03:37 PM)

चितवन पहिलो ओभरमा ५ रन

चितवनले पहिलो ओभरको समाप्तीमा विना विकेट क्षति ५ रन जोडेको छ ।

(03:36 PM)

दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेका छन्

पोखरा र चितवन यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका छन् । ६ खेलमा दुवैको समान ४ अंक छ । विजयी हुने टोली पाँचौं हुनेछ । 

(03:34 PM)

पोखराविरुद्ध चितवन ब्याटिङमा

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि पोखरा एभेन्जर्सलाई फिल्डिङमा राख्ने निर्णय गरेका हुन् ।

Chitwan bats against Pokhara

कान्तिपुर

Link copied successfully