एनपीएलका रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा फुग्ने चौथो टिम बनेको छ । लुम्बिनी टीयू क्रिकेट मैदानमा शुत्रबार भएको खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटले हराएर प्ले अफमा पुगेको हो । सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स यसअघि नै प्ले–अफमा पुगिसकेका छन् ।
प्ले अफ प्रवेशको समीकरणका लागि निकै महत्त्वपूर्ण खेलमा लुम्बिनी लायन्स र डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को खेलमा शुक्रबार भिड्दै छन् । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा हुने खेल यसमा लुम्बिनी विजयी रहे शीर्ष चार टिमको निर्णय हुनेछ । जनकपुर जितेको अवस्थामा भने त्यस टिमसहित लुम्बिनी, पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि सम्भावना रहनेछ ।
![NPL: Janakpur Bolts vs Lumbini Lions [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/janakpur-05122025105941-1000x0.jpg&w=1001&h=0)
