काठमाण्डु गोर्खाजको जितको आधार साहब आलमको बलिङ, फिल्डिङ र बेन चाल्स्वर्थको ब्याटिङ : भीम सार्की

अहिले टिम कम्बिनेसन राम्रो हुँदा नतिजा पनि राम्रो आएको उनी बताउँछन् ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Gorkhas' victory is based on Sahab Alam's bowling and fielding and Ben Charlesworth's batting: Bhim Sarki

What you should know

काठमाडौँ — प्लेअफमा पुगेपछि काठमाण्डु गोर्खाजका भीम सार्कीले टिमको प्लानिङअनुसार नतिजा पनि मैदानमा निस्किदा धेरै खुसी लागेको बताएका छन् । बिहीबारको खेलमा म्यान अफ द म्याच भएका भीमले स्कोर बोर्डमा टिम कठिन अवस्थामा हुँदा जतिसक्दो रन बढाउनुपर्छ भनेर खेलेको र त्यहीअनुरूप नतिजा पनि आउँदा खुसी लागेको बताएका हुन् । 

उनले जितको आधार साहब आलमको बलिङ, फिल्डिङ र बेन चाल्स्वर्थको ब्याटिङ रहेको बताए । आलमसँगै आर्मीबाट खेल्ने गरेकाले उनको बलिङमा धेरै विश्वास लाग्ने गरेको उनी बताउँछन् ।

सुरुका खेलमा कम्बिनेस त्यति राम्रो हुन नसक्दा कठिन भएको उनको बुझाइ छ । तर, अहिले टिम कम्बिनेसन राम्रो हुँदा नतिजा पनि राम्रो आएको उनी बताउँछन् । मोन्टी देसाईलाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकारी रहेको र त्यसले थप सजिलो भएको भीमले उल्लेख गरेका छन् ।

पोखरा एभेन्जर्सका धनञ्जय लक्षणले पहिलो १० ओभरमा राम्रो ब्याटिङ गर्न नसक्दा जित्नैपर्ने खेलमा असफल भएको बताएका छन् । काठमाण्डु गोर्खाजसँगको हारपछि पोखराका श्रीलंकन खेलाडी धनन्जयले ब्याटिङका लागि पिच राम्रो भए पनि पहिलो १० ओभरमा राम्रो गर्न नसकिएको बताएका हुन् । 

शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसकेको उनको भनाइ थियो । धनन्जयले लक्ष्य भेटाउन खालको रहेको र एक समय जितनजिक पनि पुगेको बताए । उनले पोखरा राम्रो टोली रहेको पनि उल्लेख गरे । आगामी खेलमा जित निकाल्ने उनले आशा पनि गरेका छन् । धेरै राम्रो समर्थकबीच खेल्न रमाइलो भएको प्रतिक्रिया पनि दिए ।

कान्तिपुर

Link copied successfully