जनकपुरविरुद्ध पोखराको ब्याटिङ

‘आमाको सम्मान’ स्वरूप जनकपुर पिंक र हिम नदीहरू महत्त्वपूर्ण छन् भन्ने वातावरण संरक्षण अभियानको सन्देश बोकी पोखरा हरियो जर्सी लगाएर मैदानमा उत्रिएको छ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Pokhara's batting against Janakpur

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर आफै ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

‘आमाको सम्मान’ स्वरूप जनकपुर पिंक जर्सी लगाएर मैदानमा उत्रिएको छ । पोखरा हिम नदीहरू महत्त्वपूर्ण छन् भन्ने वातावरण संरक्षण अभियानको सन्देश बोकी हरियो जर्सी लगाएर मैदानमा उत्रिएको छ ।

पोखराले अभिषेक तिवारीको स्थानमा तृतराज दासलाई खेलाएको छ । जनकपुरले ३ खेलाडी परिवर्तन गरेको छ । टोलीले आदित्य महताको स्थानमा शुभ कंसाकारलाई खेलाएको छ ।

जनकपुरले दक्षिण अफ्रिकाका पूर्व तीव्र बलर वायन पार्नेल र पाकिस्तानी अलराउन्डर माज सदाकतलाई पहिलो पटक मैदानमा ओरालेको छ । कतारको दोहामा पाकिस्तान ‘ए’ लाई हामा एसिया कप राइजिङ स्टार्सको उपाधि दिलाएर उनै सोझै काठमाडौँ आएका हुन् ।

जनकपुर र पोखरा पहिलो दुवै खेलमा पराजित रहेको थियो । त्यसैले आज विजय हात पार्ने टोली यस प्रतियोगितामा जितको पहिलो स्वाद चाख्ने छ । त्यस्तै पराजित हुने टोलीको प्लेअफमा पुग्ने सम्भावना निकै कठिन बन्ने छ ।

जनकपुर उद्घाटन खेलमै काठमान्डु गोर्खाजसँग स्तब्ध भएको थियो । त्यसपछि टोलीले विराटनगर किंग्सविरुद्धको खेल पनि जित्न सकेको थिएन । पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो । दोस्रो खेलमा पनि टोलीले सुदूरपश्चिमविरुद्ध आफु अनुकुल नतिजा निकाल्न सकेको थिएन । 

कान्तिपुर

Link copied successfully