पहिलो खेलमा विराटनगरको उच्च प्रदर्शन र काठमान्डुको मिश्रित नतिजापछि दुवै टोलीले आजको खेलमा फरक रणनीति अपनाउँदै प्रतिस्पर्धा गरिरहेका छन्।
काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबारको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेपछि काठमान्डु गोर्खाजलाई ब्याटिङका लागि बोलाएका हुन् ।
काठमान्डुले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । विराटनगरले पहिलो खेलमा एनपीएलकै उच्च स्कोर २ सय २० रन बनाउँदै पोखरा एभेन्जर्ससँगको खेल ५३ रनले जितेको थियो ।
विराटनगरले अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । टोलीबाट सन्दीपसहित लोकेश बम, जर्ज मुन्सी, मार्टिन गप्टिल, नरेन भट्ट, बसिर अहमद, सुभम रन्जने, नारायण जोशी, मर्च्येन्ट डी ल्याङ्गे, सन्दीप लामिछाने, प्रतिष जिसी, सूर्य तामाङ प्लेयिङ ११ बाट खेलिरहेका छन् ।
काठमान्डुको टोलीमा ३ खेलाडी परिवर्तन गरिएको छ । भीम सार्की, मिलिन्द कुमार र सन्नी पटेलको स्थानमा प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनसेलोस र जहर्राड इरसमसलाई खेलाइरहेको छ ।
करण केसीको कप्तानीमा रहेको काठमान्डुबाट आकाश त्रिपाठी, रिकार्डो, बेन चार्ल्सवर्थ, प्रतिक, इरसमस, जोहन सिम्पसन, सन्तोष यादव, आदिल अलाम अन्सारी, रसिद खान, साहब आलम खेलिरहेका छन् ।
