खेलका रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला ।
34 Updates
नेपाल प्रिमियर लिग सिजन २ मा कर्णाली याक्सका ओपनर मार्क वाटले पहिलो शतक प्रहार गरेका छन् । लुम्बिनी लायन्सविरुद्ध १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले कर्णालीका लागि शतक प्रहार गरे । उनले ४१ बलमा १० छक्का र ६ चौकाको सहयोगमा शतक पूरा गरे । जारी सिजनमा हालसम्म एकै खेलमा धेरै रन पनि कर्णाली याक्सकै खेलाडी प्रियांक पाञ्चालको नाममा थियो । उनले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए ।
नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सका लागि लुम्बिनी लायन्सविरुद्ध मार्क वाटले अर्शतक प्रहार गरेका छन् । उनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् । जारी लिगमा कर्णाली याक्सका तर्फबाट यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा चितवन राइनोज विरुद्ध ओपनर प्रियांक पांचालले ९० रन प्रहार गरेका थिए ।
![NPL: Karnali Yaks VS Lumbini Lions [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/58322515222737073197975672585810599437899598n-22112025064002-1000x0.jpg&w=1001&h=0)

