Live

एनपीएल :  पोखरा एभेन्जर्स VS सुदूरपश्चिम रोयल्स [LIVE]

आज सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने पोखरा पहिलो जित निकाल्ने दाउमा छ ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

NPL: Pokhara Avengers VS Sudurpaschim Royals [LIVE]

105 Updates

(08:06 PM)

सुदूरपश्चिमको लगातार दोस्रो जित र पोखराको हार

पहिलो जितपछि उत्साहित सुदूरपश्चिमले पोखरालाई १८ रनले हराउँदै प्रतियोगितामा अपराजित यात्रा कायम राख्दा, पोखराले दोस्रो हारको सामना गर्नुपर्‍यो।

Sudurpaschim's second consecutive win and Pokhara's loss

(08:06 PM)

सुदूरपश्चिमको सान

ओपनरद्वय जोस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । रोयल्सले शुक्रबार पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्‍यो ।

(07:57 PM)

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमले पोखरालाई १८ रनले पराजित गरेको छ । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो ।

(07:55 PM)

ड्यान डाउथवेट आउट

पोखराका लागि ड्यान डाउथवेट १६ बलमा ३७ रन बनाएर आउट ।

(07:51 PM)

हेमन्त धामी बलिङमा

सुदूरपश्चिमका लागि हेमन्त धामीले अन्तिम ओभर लिएर आएका छन् ।

(07:50 PM)

सुदूरपश्चिम दोस्रो जिततर्फ अग्रसर

सुदूरपश्चिम दोस्रो जिततर्फ अग्रसर बनेको छ । उसले यसअघि पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।

(07:47 PM)

पोखरा १९ ओभरमा १६२ रन

पोखरालाई जितका लागि अन्तिम ६ बलमा ३२ रन आवश्यक छ ।

(07:43 PM)

पोखराले १८ ओभरको समाप्तीमा ७ विकेट गुमाउँदै १५१ रन जोडेको छ ।

(07:38 PM)

पोखरालाई जितका लागि १५ बलमा ५२ रन आवश्यक

पोखरालाई जितका लागि अब १५ बलमा ५२ रन आवश्यक छ ।

(07:36 PM)

पोखरा एभेन्जर्सले सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा १७ ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको छ ।

(07:34 PM)

अभिषेक तिवारी आउट

अभिषेक तिवारी १३ बलमा ३ रन बनाएर आउट भएका छन् ।

(07:31 PM)

ड्यान डाउथवेट क्रिजमा

पोखराका ड्यान डाउथवेट ब्याटिङका लागि क्रिजमा आएका छन् ।

(07:30 PM)

कुशल भूर्तेल ५३ रन बनाएर आउट भएका छन् । 

(07:29 PM)

कुशल भूर्तेलको अर्धशतक पूरा

पाेखराका लागि कुशल भूर्तेलले ३१ बलमा ४ चौका र समान छक्काका साथ ५३ रन जोडेका छन् ।

(07:28 PM)

पोखरालाई जितका लागि २७ बलमा ६८ रन आवश्यक

पोखरालाई जितका लागि २७ बलमा ६८ रन आवश्यक ।

(07:26 PM)

१५ औं ओभरमा १ रन मात्रै

पोखराले १५ औं ओभरमा १ रन मात्रै जोडेको छ ।

(07:22 PM)

पोखरा एभेन्जर्सले १४ ओभरको समाप्तीमा १२० रन जोडेको छ ।

(07:19 PM)

सुमित बर्मा आउट

पोखराले आफ्नो पाँचौं विकेट गुमाएको छ । सुमित बर्मा ६ रन बनाएर आउट भए ।

(07:17 PM)

पोखराले १३ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १११ रन जोडेको छ ।

(07:16 PM)

पोखरालाई जितका लागि ४३ बलमा ८४ रन आवश्यक

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याइरहेको पोखरालाई जितका लागि ४३ बलमा ८४ रन आवश्यक छ ।

(07:13 PM)

पोखराको १०० रन पूरा

पोखरा एभेन्जर्सले १२ ओभरमा आफ्ना प्रमुख ४ ब्याट्सम्यान गुमाउँदै १०० रन पूरा गरेको छ ।

(07:11 PM)

जिम्मी  निसमलाई दीपेन्द्र सिंह ऐरीले बोल्ड आउट गरेका हुन् ।

(07:09 PM)

जिम्मी निसमले लगातार २ छक्का लगाएका छन् ।

(07:08 PM)

अविनाश बोहराको एक ओभरमा ३ बाउन्ड्री

अविनाश बोहराको पहिलो र टिमका लागि ११ औं ओभरमा ३ बाउन्ड्री सहित १३ रन आएको छ ।

(07:06 PM)

अन्तिम ५ ओभरमा ६० रन

पोखराले अन्तिम ५ ओभरमा बिना विकेट क्षति ६० रन जोडेको छ ।

(07:03 PM)

१० ओभरको समाप्तीमा पोखरा ७० रन

पोखराले १० ओभरको समाप्तीमा ७० रन जोड्दै ३ विकेट गुमाएको छ ।

(07:02 PM)

इशान पाण्डेले एकै ओभरमा दिए १९ रन

दसौं ओभरमा पोखराले जोड्यो १९ रन । इशान पाण्डेको एकै ओभरमा पोखराका खेलाडीले १९ रन जोडेका हुन् ।

(07:00 PM)

कुशल भूर्तेलद्वारा लगातार २ छक्का

सुदूरपश्चिमका इशान पाण्डेको बलमा कुशल भूर्तेलले लगातार २ छक्का प्रहार गरेका छन् ।

(06:56 PM)

नवौं ओभरमा १४ रन

पोखरा एभेन्जर्सका लागि नवौं ओभरमा जिम्मी निसम र कुशल भूर्तेलको जोडीले १४ रन जोडेको छ ।

(06:51 PM)

पोखराले ८ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३७ रन जोडेको छ ।

(06:50 PM)

पोखराका लागि पहिलो छक्का

पोखराका लागि जिम्मी निसमले ८ औं ओभरमा टिमका लागि पहिलो छक्का लगाएका छन् ।

(06:46 PM)

जिम्मी निसम र कुशल भूर्तेलको जोडी क्रिजमा

७ ओभरको समाप्तीमा पोखराले २८ रन जोडेको छ ।

(06:43 PM)

दीपेन्द्र सिंह ऐरीले आफ्नो पहिलो ओभरमा दिए ३ रन

सुदूरपश्चिमले ६ ओभरको समाप्तीमा २५ रन दिएर पोखराका तीन ब्याट्सम्यानलाई पभेलियन पठाएको छ ।

(06:38 PM)

पोखराले ५ ओभरको समाप्तीमा ३ विकेट गुमाएर २२ रन बनाएको छ ।

(06:37 PM)

जिम्मी निसम क्रिजमा

अलराउन्डर जिम्मी निसम ब्याटिङका लागि क्रिजमा आएका छन् ।

(06:35 PM)

किरण ठगुन्ना आउट

हरमित सिंहले आफ्नो दोस्रो ओभरको दोस्रो बलमा किरणलाई विनोद भण्डारीबाट क्याचआउट गराएका हुन् । 

(06:32 PM)

पोखरा एभेन्जर्सले १९४ रनको लक्ष्य पछ्याउँदै ४ ओभरमा २ विकेटको क्षतिमा २० रन बनाएको छ ।

(06:29 PM)

कुशल भूर्तेल र किरण ठगुन्नाको जोडी क्रिजमा

पोखराका लागि कुशल भूर्तेल र किरण ठगुन्ना ब्याटिङ गरिरहेका छन् ।

(06:26 PM)

३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ११ रन ।

(06:23 PM)

हरमित सिंहले लिए विकेट

दिनेश खरेल ६ रनको व्यक्तिगत स्कोरमा क्याचआउट भएका हुन् ।

Harmeet Singh took the wicket

(06:21 PM)

पोखराको दोस्रो विकेट पतन ।

(06:19 PM)

२ ओभरको समाप्तीमा पाेखरा ४ रन

२ ओभरको समाप्तीमा पाेखराले १ विकेट गुमाउँदै ४ रन जोडेको छ ।

(06:18 PM)

पहिलो ओभरमा ३ रन

पोखराले पहिलो ओभरमा ३ रन मात्रै जोडेको छ ।

(06:17 PM)

एडम रोसिङटन रनआउट

 पोखराका एडम रोसिङटन १ रनमा रनआउट भएका हुन् ।

(06:15 PM)

पाेखरा ब्याटिङमा

पहिलो ओभेरमै गुमायो विकेट ।

(06:10 PM)

सुदूरपश्चिमद्वारा पोखरालाई विशाल लक्ष्य

सुदूरपश्चिम रोयल्सले त्रिवि रंगशालामा टस हारेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रनको  विशाल योगफल तयार पारेको छ।

(05:59 PM)

पोखरा एभेन्जर्सले पायो १९४ रनको लक्ष्य

सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्सलाई १९४ रनको टार्गेट दिएको छ ।

(05:56 PM)

सुदूरपश्चिमले बनायो १९३ रन

सुदूरपश्चिम रोयल्सले २० ओभरको समाप्तीमा ७ विकेट गुमाएर १९३ रन बनाएको छ ।

(05:56 PM)

आरिफ शेख ३ बल खेलेर शून्यमा आउट भएका छन्।

(05:48 PM)

सुदूरपश्चिम रोयल्सले १९ ‌ओभरको समाप्तीमा ६ विकेट गुमाएर १८३ रन बनाएको छ ।

(05:47 PM)

इशान पाण्डे र आरिफ शेख क्रिजमा

सुदूरपश्चिमका लागि  इशान पाण्डे र आरिफ शेख क्रिजमा छन् । 

(05:46 PM)

स्कट कुग्ल्ने आउट

स्कट कुग्ल्ने ८ रन बनाएर आउट भएका छन् । 

(05:42 PM)

पछिल्लो ५ ओभरमा ३४ रन

पछिल्लो ५ ओभरमा ३४ रन जोड्ने क्रममा सुदूरपश्चिम रोयल्सले ३ विकेट गुमाएको छ ।

(05:40 PM)

सुदूरपश्चिम रोयल्सले १८ ओभरको समाप्तीमा ५ विकेटको नोक्सानीमा १७६ रन जोडेको छ ।

(05:39 PM)

सुदूरपश्चिम रोयल्सका हरमित  सिंह ४ रन बनाएर आउट भएका छन् ।

(05:38 PM)

बुधबार काठमान्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेका हरमित सिंह पोखराविरुद्धको खेलमा ६ बलमा ४ रन बनाई आउट भएका छन् । 

(05:35 PM)

स्कट कुग्ल्ने क्रिजमा

हरमित सिंह र स्कट कुग्ल्नेको जोडी क्रिजमा ।

(05:31 PM)

विनोद भण्डारी आउट

सुदूरपश्चिमका लागि विनोद भण्डारी ४३ रन बनाएर आउट भएका छन् ।

(05:30 PM)

सुदूरपश्चिमलाई चौथो झट्का

विनोद भण्डारी ४२ बलमा ४३ रन बनाएर आउट भए ।

The fourth blow to the Far West

(05:29 PM)

हरमित सिंह क्रिजमा

सुदूरपश्चिमका लागि हरमित सिंह क्रिजमा आएका छन् । 

(05:27 PM)

तेस्रो विकेटको क्षति

सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी १५ रन बनाएर आउट भएका छन् । 

(05:25 PM)

कप्तान दीपेन्द्रसिंह ऐरी आउट

दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । उनी १० बलमा १५ रन बनाउँदै पोखराका कप्तान कुशल भुर्तेलको हातबाट क्याच आउट भए ।

(05:22 PM)

सुदूरपश्चिम रोयल्सले १५ ओभरको समाप्तीमा १६० रन जोडेको छ ।

(05:21 PM)

४ ओभरमा ४१ रन दिए सागरले

व्यक्तिगत ४ ओभरको स्पेलमा पोखरा एभेन्जर्सका लागि सागर ढकालले ४१ रन दिएका छन् ।

(05:16 PM)

१४ ओभरको समाप्तिमा सुदूरपश्चिमको १४६ रन

सुदूरपश्चिमले १४ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १४६ रन बनाएको छ। क्रिजमा विनोद भण्डारी ३३ र दीपेन्द्रसिंह ऐरी २ रन बनाई खेलिरहेका छन् ।

(05:14 PM)

सुदूरपश्चिम राेयल्सले १३ ओभरको समाप्तीमा १४२ रन जोडेको छ ।

(05:14 PM)

सुदूरपश्चिमलाई दोस्रो झट्का

सुदूरपश्चिमले दोस्रो विकेट गुमाएको छ । क्रिस लिन १३ बलमा ३१ रन बनाउँदै जिम्मी निसमको बलमा अभिषेक तिवारीको हातबाट क्याच आउट भए ।

(05:13 PM)

१३ बलमा ३१ रन जोडेर क्रिस लिन आउट भएका छन् ।

(05:12 PM)

१३ औं ओभरमा २६ रन

सुदूरपश्चिम रोयल्सले १३ औं ओभरमा २६ रन जोडेको छ ।

(05:06 PM)

सुदूरपश्चिम रोयल्सले १२ ओभरको समाप्तीमा ११६ रन जोडेको छ ।

116 runs in 12 overs

(05:04 PM)

क्रिस लिन क्रिजमा

विनोद भण्डारीलाई साथ दिन क्रिस लिन मैदानमा ।

(05:03 PM)

६८ रन बनाएर आउट भए जोस ब्राउन

६ चौका र ५ छक्काको मद्दतमा ६८ रन बनाएका थिए जोस ब्राउनले ।

(05:00 PM)

पोखराका लागि निसमले दिलाए पहिलो विकेट

जिम्मी निसमले आफ्नो दोस्रो ओभरमा जोस ब्राउनलाई आउट गरेका छन् ।

Nisam takes first wicket for Pokhara

(04:58 PM)

सुदूरपश्चिमलाई पहिलो झट्का

सुदूरपश्चिमले पहिलो विकेट गुमाएको छ । जोस ब्राउन ६८ रन बनाएर आउट भए । उनलाई जिम्मी निसमले किरण ठगुन्नाको हातबाट क्याच गराए । विनोद भण्डारी र ब्राउनको साझेदारी टुटेको छ। उनीहरूले १०८ रनको साझेदारी गरेका थिए ।

The first blow to the Far West

(04:57 PM)

सुदूरपश्चिमको १०० रन पूरा

१० दशमलव १ ओभरमा सुदूरपश्चिमले १०० रन पूरा गरेको हो ।

(04:56 PM)

आफ्ना मुख्य बलर नै चुटिएपछि पोखरा केही दबाबमा देखिएको छ । पोखराले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले हार बेहोरेको थियो भने सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।

 

(04:53 PM)

सुदूरपश्चिमले जोड्यो १० ओभरमा ९९ रन

सुदूरपश्चिमले १० ओभरको समाप्तीमा बिनाविकेट क्षति ९९ रन जोडेको छ ।

(04:53 PM)

भण्डारी र ब्राउनले गरे ९९ रनको साझेदारी

सुदूरपश्चिमका विनोद भण्डारी र जोस ब्राउनले १० ओभरमा ९९ रनको साझेदारी गरेका छन् ।

(04:52 PM)

चुटिए सागर ढकाल

सागर ढकालले एकै ओभरमा दिए २० रन ।

(04:51 PM)

जोस ब्राउनद्वारा लगातार २ छक्का

सागर ढकालको बलिङमा जोस ब्राउनले लगालग २ छक्का प्रहार गरेका हुन् ।

(04:49 PM)

जोस ब्राउनको ५० रन

जोस ब्राउनले २९ बलमा ५० रन पूरा गरेका छन् ।

Josh Brown's 50 runs

(04:48 PM)

सुदूरपश्चिमको ९ ओभरमा ७९ रन

९ ओभरको समाप्तीमा सुदूरपश्चिमले जोड्यो ७९ रन ।

(04:45 PM)

जिम्मी निसम बलिङमा

पोखराका लागि नवौं ओभर लिएर जिम्मी निसम बलिङमा आएका छन् । 

(04:43 PM)

सुदूपश्चिमको ७३ रन

८ ओभरको समाप्तीमा सुदूरपश्चिमले जोड्यो ७३ रन ।

(04:42 PM)

कुशल भूर्तेल बलिङमा

पोखरा एभेन्जर्सका लागि कुशल भूर्तेल बलिङमा आएका छन् ।

(04:40 PM)

७ ओभरको समाप्तिमा सुदूरपश्चिमको ६३ रन

सुदूरपश्चिमले ७ ओभरको समाप्तिमा बिना विकेटको नोक्सानीमा ६३ रन बनाएको छ। क्रिजमा विनोद भण्डारी २१ र जोस ब्राउन ३६ रन बनाई खेलिरहेका छन् । 

Sudurpaschim's 63 runs at the end of 7 overs

(04:39 PM)

सागरको किफायती बलिङ

आफ्नो पहिलो ओभरमा ४ रन दिएका सागर ढकालले दोस्रो ओभरमा ३ रन मात्रै दिएका छन् ।

(04:38 PM)

सागर ढकाल बलिङमा

आफ्नो पहिलो ओभरमा ४ रन दिएका सागर ढकाल दोस्रो ओभर लिएर मैदानमा ।

(04:37 PM)

सुदूरपश्चिमको ६ ओभरमा ६० रन

विना विकेट क्षति सुदूरपश्चिमले ६ ओभरमा ६० रन जोडेको छ ।

(04:30 PM)

आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिम

१० दशमलव ६० को एभरेजमा रन ।

(04:28 PM)

सुदूरपश्चिमको ५० रन पूरा

सुदूरपश्चिमले ५ ओभरमा ५३ रन जोडेको छ ।

(04:26 PM)

जोस ब्राउन आक्रामक

१४ बलमा ४ चौका र १ छक्का मद्दतमा जोडे २८ रन । 

(04:25 PM)

सुदूरपश्चिमको ५० रन पुग्यो

सुदूरपश्चिमको ५० रन पुगेको छ । ४.२ ओभरमा सुदूरपश्चिमले  ५१ रन पुर्‍याउँदै सुखद सुरुआत गरेको छ। क्रिजमा विनोद भण्डारी २० र जोस ब्राउन २६ रन बनाई खेलिरहेका छन् । 

(04:24 PM)

सुदूरपश्चिम ४ ओभरमा ४९ रन

सुदूरपश्चिम रोयल्स ४ ओभरमा ४९ रन जोडैको छ ।

(04:21 PM)

आकाश चन्दले २ ओभरमा दिए ३० रन

पोखरा एभेन्जर्सका आकाश चन्दले २ ओभरमा ३० रन दिएका छन् ।

Akash Chand gave away 30 runs in 2 overs.

(04:20 PM)

एकै ओभरमा सुदूरपश्चिमले जोड्यो २० रन

सुदूरपश्चिमले तेस्रो ओभरको समाप्तिमा बिना विकेटको नोक्सानीमा ३८ रन बनाएको छ। क्रिजमा विनोद भण्डारी १३ र जोस ब्राउन २५ रन बनाई खेलिरहेका छन् । तेस्रो ओभरमा आकाश चन्दको बलमा ब्राउनले १ छक्का र ३ चौकासहित २० रन जोडे ।

(04:17 PM)

तेस्रो ओभरको पहिलो तीन बलमा तीन चौका

जोस ब्राउन र विनोद भण्डारीको जोडी आक्रामक ।

(04:15 PM)

दोस्रो ओभर सकिँदा सुदूरपश्चिमको १८ रन

विनोद भण्डारीले दोस्रो ओभरमा २ चौका प्रहार गरेसँगै बिना विकेटको क्षतिमा सुदूरपश्चिमले १८ रन बनाएको छ ।

(04:15 PM)

सुदूरपश्चिम रोयल्सले २ ‌ओभरमा १८ रन

सुदूरपश्चिम रोयल्सले २ ‌ओभरमा विना विकेट क्षति १८ रन जोडेको छ ।

(04:14 PM)

पहिलो ओभरमै १० रन

सुदूरपश्चिम रोयलले पहिलो ‌ओभरमा १० जोडेको छ ।

(04:12 PM)

पहिलो ओभरमा सुदूरपश्चिमले जोड्यो १० रन

सुदूरपश्चिमले पहिलो ओभरको समाप्तिमा विना विकेटको नोक्सानीमा १० रन बनाएको छ।

(03:52 PM)

पोखराविरुद्ध सुदूरपश्चिमबाट आज यी खेलाडीले खेल्नेछन्

पहिलो खेल जितेको टोलीबाट सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमको टोलीमा जोस ब्राउन, विनोद भण्डारी, क्रिस लिन, इशान पाण्डे, आरिफ शेख, हरमित सिंह, नरेन साउद, स्कट कुग्ल्ने, हेमन्त धामी र अविनाश बोहरा प्लेइङ ११ बाट खेलिरहेका छन् ।

(03:51 PM)

यो हो पोखराको प्लेइङ ११

पोखराले तृतराज दासको स्थानमा विपिन खत्री र म्याट टेलरको स्थानमा सुमित बर्मालाई खेलाएको छ । पोखराको टोलीबाट कुशल मल्लसहित दिनेश खरेल, एडम रोसिङटन, सुमित बर्मा, जिम्मी निसम, ड्यान डाउथवेट, विपिन खत्री, किरण ठगुन्ना, अभिषेक तिवारी, आकाश चन्द र सागर ढकाल छन् ।

(03:36 PM)

टस जितेर फिल्डिङ गर्दै पोखरा

त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलमा पोखराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

(03:20 PM)

अभ्यासमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सका खेलाडी

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सका खेलाडीहरू त्रिवि क्रिकेट मैदानमा अभ्यासरत छन् ।

Players of Pokhara Avengers and Sudurpaschim Royals in practice

कान्तिपुर संवाददाता

Link copied successfully