काठमान्डु टस जितेर फिल्डिङमा, सुदूरपश्चिमको ब्याटिङ

नामिबियाका कप्तान जेहर्राड इरसमसको स्थानमा काठमान्डुले अलराउन्डर सन्नी पटेललाई चयन गरेको छ, गत वर्ष सुदूरपश्चिमसँग ७३ रनले पराजित भएको थियो।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Kathmandu wins the toss and opts to field, Sudurpaschim bats

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेल हुँदैछ । त्यसमा टस जितेर अपेक्षाअनुसार काठमान्डुले पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

काठमान्डुले नामिबियाका कप्तान जेहर्राड इरसमसको स्थानमा अर्का अलराउन्डर सन्नी पटेललाई खेलाएको छ । पोहोर दुई टिमबीचको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले पराजित गरेको थियो ।  

सुदूरपश्चिमको यो प्रतियोगितामा पहिलो खेल हो । काठमान्डुले भने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । 

काठमान्डु टिम : करण केसी (कप्तान), आकाश त्रिपाठी, भीम सार्की, बेन चार्ल्सवर्थ, जोन सिम्सन, सन्नी पटेल, मिलिन्द कुमार, साहब आलम, सन्तोष यादव, रसिद खान, आदिल अलाम अन्सारी, 

सुदूरपश्चिम टिम : दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ सेख, क्रिस लिन, विनोद भण्डारी, इशान पाण्डे, हरमित सिंह, अविनास बोहरा, नरेन साउद, जस ब्राउन, हेमन्त धामी, स्कट कुग्लेन

कान्तिपुर

Link copied successfully