काठमान्डुविरुद्ध पोखराको ब्याटिङ

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

Pokhara's batting against Kathmandu

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिला ब्याटिङ गर्ने भएको छ । काठमान्डु गुर्खाजका कप्तान करण केसीले शनिबार टस जितेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरालाई पहिला ब्यािटङका लागि निम्ता दिएका हुन् ।

पोखरामा अघिल्लो खेल खेलेको टोलीबाट तीन खेलाडी परिवर्तन गरिएको छ । तृतराज दास, किरण ठगुन्ना, जेन मलिकको स्थानमा आकाश चन्द, दीलिप नाथ र आकर्षित गोमिललाई खेलाएको छ । मुम्बईबाट प्रथम श्रेणीको क्रिकेट खेलेका ओपनिङ ब्याटर भारतीय खेलाडी गोमिलको एनपीएलमा पहिलो खेलाडी हुन् ।

काठमान्डु गुर्खाजले सुमित महर्जनको स्थानमा राजु रिजाल र ड्यान डावथवेटको स्थानमा नथान साउटरलाई खेलाएको छ । पोखरा र काठमान्डु दुवै सामु प्लेअफमा पुग्ने सम्भावना रहेको छ । दुई खेल खेल्न बाँकी रहेको अवस्थामा पोखरा र काठमान्डुको ४–४ अंक छ । 

कान्तिपुर संवाददाता

Link copied successfully