रोय बन्द रंगशालामै खेल्न तयार

वैशाख २१, २०७७

लन्डन — इंग्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जेसन रोयले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको विश्व क्रिकेट फेरि सुरु हुँदा दर्शक बिनाको बन्द रंगशालामै पनि खेल्न तयार रहेको शनिबार बताएका छन् ।

गत वर्ष वान डे विश्वकप जितेको इंग्ल्यान्ड टिमका महत्त्वपूर्ण सदस्य रोयले यो वर्षको सुरुमा पाकिस्तानी सुपर लिग (पीएसएल) मा दर्शन विना बन्द रंगशालामै खेलेका थिए ।

त्यति बेला २९ वर्षीय रोयले यस्तो स्थितिमा क्रिकेट खेल्नुको कुनै रोमाञ्चकता नभएको भनेर आलोचना गरेका थिए । तर उनले अहिले त्यो विचार फेरेका छन् र सकेसम्म चाँडै मैदानमा फर्कन चाहन्छन् ।

उनले भनेका छन्, ‘अब म बन्द रंगशालामा खेल्नु परे पनि खुसी हुनेछुं । अब त मैदानमा फर्कनु पनि ठूलो हुनेछ ।’ इंग्लिस क्रिकेट सिजन जुलाइ १ सम्मका लागि स्थगितको स्थितिमा छ । 

कोरोना भाइरस

Link copied successfully