आर्सनलका खेलाडी प्रशिक्षणमा उत्रने

वैशाख १४, २०७७

लन्डन — आर्सनलले अर्को सातादेखि आफ्ना खेलाडीलाई प्रशिक्षणका लागि मैदानमा उत्रने अनुमति दिने भएको छ । तर यसका लागि क्लबले कोरोना भाइरस फैलिन नदिन बेलायती सरकारले लागू गरेको सबै खाले नियम भने पालना गर्नेछ ।

इंग्लिस प्रिमियर लिग क्लबले शनिबार जनाए अनुसार प्रशिक्षणका क्रममा मैदानमा खेलाडीले सामाजिक दूरीको नियम पूर्णत: पालन गर्नु पर्नेछ र अभ्यास मैदान अर्को सातादेखि उपलब्ध हुनेछ।

खेलाडीले अभ्यास मैदानसम्म एक्लै जानु पर्नेछ र कोही साथी खेलाडीसँग मिलेर व्यक्तिगत अभ्यास पनि गर्न पाउने छैन् । आर्सनल महामारीका बेला खेलाडी र प्रशिक्षकको पारिश्रमिक कट्टा गर्ने गर्ने निर्णय गरेको पहिलो क्लब रहेको थियो । 

कोरोना भाइरस

Link copied successfully