अवस्था सुधार भए च्याम्पियन्स लिग र युरोपा लिग अगस्टमा हुने

वैशाख ११, २०७७

एजेन्सी

लन्डन — युरोपेली च्याम्पियन्स लिग र युरोपा लिगका खेल अगस्टमा हुने सम्भावना बढेको छ । बीबीसीका अनुसार सन् २०१९/२०२० को फुटबल सिजन पूरा गर्नका लागि अगाडि सारिएका विकल्पमध्ये यो पनि एक हो ।

युरोपेली फुटबल महासंघले अहिले बहसका लागि अगाडि ल्याएको विकल्प अनुसार जुलाई ३१ सम्ममा सबै घरेलु लिग सकाउने र त्यसपछि च्याम्पियन्स लिग तथा युरोपा लिग सुरु हुने सुझाव छ ।

तर अहिलेसम्म कुनै पनि विकल्पबारे निर्णय हुन भने बाँकी छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण युरोपमा कहिले फेरि फुटबल सुरु हुने हो भन्नेबारे पनि निश्चित अवस्था तयार हुन सकेको छैन् । तर अगस्टसम्ममा स्थितिमा सुधार हुने विश्वास गरिएको छ ।

एजेन्सी

Link copied successfully