कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

रियल म्याड्रिडका खेलाडीको तलब काटियो

एएफपी

म्याड्रिड — स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।

रियल म्याड्रिडका खेलाडीको तलब काटियो

क्लबका खेलाडी र प्रशिक्षकसँगै प्रमुख निर्देशक र बास्केटबल टिम १० देखि २० प्रतिशत तलब कट्टा गरेर लिन तयार भएका हुन् । स्पेनी मिडियाका अनुसार यो सिजन पूरा भए तलबबाट १० प्रतिशत काटिनेछ ।

सिजन स्थगितकै स्थितिबाट रोकिएमा २० प्रतिशत तलब काटिनेछ । यसरी तलब काटिँदा क्लबलाई ३ देखि ६ करोड डलरको राहत हुनेछ ।

प्रकाशित : चैत्र २७, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?