ओलम्पिक स्थगित गर्न सुझाव

एएफपी

टोकियो — विश्व एथलेटिक्स संघका प्रमुख सेवास्टियन कोईले टोकियो ओलम्पिक स्थगित गर्न सुझाएका छन् । कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण यस वर्ष हुन लागेको ओलम्पिकबाट क्यानडाले आफ्नो सहभागिता नरहने जनाइसकेको छ । जापानका प्रधानमन्त्रीले स्थगित गर्नु अपरिहार्य जस्तो भएको जनाएका थिए ।

अस्ट्रेलियाले आफ्नो खेलाडीलाई टोकियो ओलम्पिकलाई यस वर्ष नभई अर्को वर्षका लागि भनेर तयारी गर्न भनिसकेको छ । त्यसैले पनि जुलाई २४ मा हुने टोकियो ओलम्पिकको समयमा हुने अनिश्चितता बढ्दो छ । जापान र ओलम्पिकका पदाधिकारीहरू भने निर्धारित समयमै ओलम्पिक गर्नका लागि दृढ देखिएका छन् । तर खेलाडीहरू र खेलकुद संस्थाले हालैका दिनमा यसबारे ठूलो आलोचना गरिरहेका छन् ।


आइतबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसीसी) को बैठक बसेको थियो । त्यो बैठकअगाडि विश्व एथलेटिक्सका प्रमुख कोईले आईओसी अध्यक्ष थोमस वाचलाई पत्र लेख्दै अहिलेको स्थितिमा टोकियो २०२० ओलम्पिकलाई सार्न सुझाएका थिए । आईओसीले जापानलाई यसको निर्णय गर्न चार साताको समयसीमा दिएको छ । यसबीचमा क्यानडाले अहिलेको स्थितिमा नखेल्ने भनेर भनिसकेको छ । अस्ट्रेलिया पनि तोकिएको समयमा खेल्न असमर्थ देखिएको छ ।


‘कोरोना भाइरसको प्रभाव विश्वभर फरक–फरक रूपमा छ । त्यसैले सबैको विचारलाई सर्वसम्मत गर्दा जुलाईमा हुने ओलम्पिक खेल नत व्यावहारिक छ न त आवश्यक नै छ,’ कोईको पत्रमा भनिएको छ । जापानका प्रधानमन्त्री सिन्जी अबेले सोमबार संसद्मा जापान ओलम्पिक खेलकुद आयोजना गर्न प्रतिबद्ध रहेको तर अहिलेको स्थितिमा स्थगित गर्नु अपरिहार्य जस्तै भएको बताएका थिए । प्रकाशित : चैत्र ११, २०७६ १२:५१

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राजमार्गमा यात्रु ओसार्दै ट्रक 

शिव पुरी

रौतहट — चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्गमा मानिसको आवागमन कम भए पनि सवारी चल्न छाडेको छैन ।  सरकारले अनुमति दिइएको सवारीको अलावा मालकबाहक ट्रकहरु निर्वाध रुपमा चलिरहेका छन् । ती ट्रकले यात्रु ओसारिहेका छन् । बिहान स्थानीय घरबाट बाहिर निस्केपनि अहिले सडक सुनसान छ । ट्रकहरु भने चलिरहेका छन् ।

कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सरकारले एक साताका लागि ‘लकडाउन’ को निर्णय गरेको हो। औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन्।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेकलाई बन्देज लगाइए पनि राजमार्गमा खाली र मालभरिका ट्रकहरु बिहानदेखि चलेका छन्। उनीहरुलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका छन्।

मानिसहरु मोटरसाइकलमा यात्रा गरिरहेका छन्। लामो दूरीको बस चल्न छाडेपछि ट्रकले धमाधम यात्रु बोकेकोमा ट्राफिकले कडाई गरेको छ। मंगलबार बिहान ६ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवत जावत बन्द गरिएको हो।

ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि हेम शाहीले ‘लकडाउन’ को पालना गर्न नागरिक आफै सचेत हुनु पर्ने बताए।

प्रकाशित : चैत्र ११, २०७६ १२:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×